
भक्तपुर । नेकपा (एमाले) सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले सरकार निर्वाचन चहाँदैन भने पदमा एक मिनेट पनि बस्नुको औचित्यता नभएको बताए । रफत सञ्चार क्लबमा आयोजित साक्षात्कारमा भट्टराईले सरकारले तत्काल निर्वाचनको मिति घोषणा नगरे पद्मा बस्नुको औचित्य नभएको बताए ।
संविधान निर्माण गर्ने मुख्य राजनीतिक शक्तिहरू वा दलहरू एक ठाउँमा उभिएर अगाडि बढ्नुपर्नेमा जोड दिँदै चुनाव नगर्ने हो भने सरकारमा बस्नुको औचित्यता नभएको उनले बताए ।
संविधान घोषणा गर्ने मुख्य राजनीतिक शक्तिबीचको समझदारीबाट अगाडि बढ्नुपर्ने खाँचो औल्याउँदै त्यसो नभए सरकारलाई एक मिनेट पनि पदमा बस्ने नैतिक आधार नभएको बताए ।
आजको ब्यवस्थापीक संसद् हिजोका संविधानसभाले मधेसवादी दलको एजेन्डलाई अस्वीकार गरेको बताउँदै मधेसवादी दलले पनि चुनावमा भाग लिएर आप्mना एजेन्डा टेष्ट गर्न उनले आग्रह गरे ।
मधेसवादी दलको तागत र सङ्ख्या नपुगेकाले संविधानसभाले एजेन्डा विफल बनाएर जनादेश ल्याएर संविधान संशोधन गर्न आग्रह गरे ।
संविधान संशोधनको प्रस्ताव मृत अवस्थामा पुगिसकेको बताउँदै संशोधन तुल्सीको बोटमा सास ढुकढुकी भएको अवस्थामा पुगेको बताए । उनले संविधान संशोधनको विषयमा एमालेको आपत्ति नभएपनि संविधान संशोधन अहिलेको अवस्थामा देशको आवश्यकता नभएको बताए ।
उनले संविधान संशोधन प्राकृतिक हिसाबले मरिसकेको र प्राविधिक हिसाबले ढुकीढुकी रहेको संशोधन व्यवस्थापिका संसद्को शैश्यामा सुताइएकाले निर्वाचनको माध्यमबाट आउँदो ब्यवस्थापीक संसदबाट सो विधेयकलाई अगाडि बढाउन उनले आग्रह गरे ।
निर्वाचनमा सबै पार्टी मिलेर भाग लिनुपर्ने बताउँदै निर्वाचनको वातावरण बनाउन सबै लागिपर्नुपर्ने उनले बताए । उनले हिंसामा विश्वास नगरी अहिंसामा विश्वास गर्ने र शान्ति प्रक्रियामा भाग नलिने त्यस्ता पार्टी संवैधानिक हिसाबले विफल हुने दाबी गरे । शान्तिपूर्ण राजनीतिमा विश्वास गर्ने राजनीतिक दलहरू निर्वाचनदेखि नभाग्ने बताउँदै ब्यवस्थापीक संसदले संविधान संशोधनलाई अस्वीकार गरिसकेकाले निर्वाचनबाट बहुमत ल्याएर संशोधन गर्न आग्रह गरे । मुलुकको राजनीतिक स्थायीत्वको लागि समय अवधिभित्रै तीन तहको निर्वाचन सम्पन्न गरिसक्नेपर्नेमा सरकारले आलटाल गरिरहेको उनले बता ।
स्थानीय तहको पुनः संरचना आयोगको प्रतिवेदनलाई जस्ताको तस्तै कार्यान्वयन गरेर प्रदेश सभा, प्रतिनिधिसभाको निर्वाचन क्षेत्र निर्धारण अयाोग गठन, निर्वाचनसँग सम्बन्धित कानुनहरू निर्माण गर्ने कामसहित निर्वाचन वातावरण उनको भनाइ छ । एमाले नयाँ सरकार गठनको कसरतमा नलागेको बताउँदै संविधान कार्यान्वयनको लागि निर्वाचनको पक्षमा एमाले रहेकाले कसैले भ्रम फैलाउँदैमा एमालेलाई केही फरक नपर्ने उनले बताए ।
एमालेको सम्पन्न पोलिटब्यूरो बैठकले १२ बुँदे प्रस्ताव पारित गरेको जानकारी दिर्दैै सरकारले वैशाख महिनाभित्र जसरी पनि निर्वाचन गरिसक्नुपर्ने उनले बताए । सरकारले जेठसम्म निर्वाचन गर्ने घोषणा गरिसकेको अवस्थामा निर्वाचन मिति घोषण नगर्नु निर्वाचन नगर्ने षड्यन्त्र भएको उनले बताए ।
आगामी फागुन २१ गतेदेखि एमालेले मेची महाकाली जागरण अभियान सञ्चालन गर्न लागेको बताउँदै एमालेले आगामी निर्वाचनमा दुई तिहाई बहुमत ल्याइसक्ने बताए । उनले एमालेको लोकप्रियता देखेर कुनै पनि राजनीतिक शक्तिलाई नआत्तिनसमेत आग्रह गरे ।