
काठमाडौं । तत्कालीन नेकपा माओवादीले सशस्त्र संघर्ष सुरु गरेको संझनामा जनयुद्ध दिवस मनाउँदै छ । नेपालमा माओवादीले सुरु गरेको सशस्त्र युद्धको आज २१ बर्ष पुरा भएको छ ।
जनयुद्ध दिवसको अबसरमा माओवादी पार्टीहरुले छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरेका छन् । २०५२ साल फागुन १ गतेदेखि शुरू भएको १० वर्षे जनयुद्धको स्मरणमा प्रत्येक वर्ष फागुन १ गते जनयुद्ध दिवस मनाइने गरिएको छ ।
२०५२ साल फागुन १ गते रोल्पा, सिन्धुली र गोरखाका प्रहरी चौकीमा एकैसाथ हमला गरी सशस्त्र युद्धको शुरूवात गरिएको थियो । त्यसपछि १० वर्षसम्म निरन्तर चलेको माओवादी जनयुद्धमा १७ हजारभन्दा बढीले ज्यान गुमाए भने हजारौँ घाइते र बेपत्ता भए ।
नेकपा माओवादी केन्द्रले पार्टी कार्यालय पेरिसडाँडामा विशेष कार्यक्रमको आयोजना गरेको छ । त्यस्तै नेत्रविक्रम चन्द नेतृत्वको माओवादीले खुलामञ्चमा कार्यक्रम गरि महाधिबेशन पनि उद्घाटन गर्न लागेको छ ।