
इनरुवा । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले स्थानीय निकायको निर्वाचनको तयारीमा लाग्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् ।
सुनसरीको सदरमुकाम इनरुवा नगरपालिका वडा नं ५ मा आयोजित वडा भेला कार्यक्रमलाई आज सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । महामन्त्री कोइरालाले स्थानीय चुनाव अहिलेकै सरकारले गर्ने भएकाले त्यसमा कुनै शङ्का नगरी त्यसको तयारीमा लाग्न आग्रह गरे ।
उनले चुनाव नभए देश नै सङ्कटमा पर्नसक्ने भएकाले चुनाव नहुनेमा आशङ्का नगर्न कार्यकर्तालाई आग्रह गरे । फरक प्रसङ्गमा उनले नेपाली काँग्रेसभित्र कुनै गुटउपगुट नरहेको बताए । पार्टीको महाधिवेशन अगाडि गुटउपगुट भए पनि महाधिवेशनपछि सबै समाप्त भएको उनले दाबी गरे ।
Facebook Comments Box