
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निर्वाचन हुनेमा कुनै शङ्का नगर्न आग्रह गरका छन् ।
निर्वाचन आयोगमा आज आयोजित विद्युतीय मतदान उपकरणको नमुना प्रस्तुतिकरणपछि उनले सबैलाई समेटेर समयमा निर्वाचन गराउन सरकार लागिरहेकाले शङ्काभन्दा पनि वातावरण बनाउनेतिर लाग्न सबैमा आग्रह गरे ।
“सरकार निर्वाचनका लागि गम्भीर छैन भन्ने होइन, तयारीका लागि निर्वाचन आयोगलाई पत्राचार गरिसकेको छ, कसरी स्वच्छ, निष्पक्ष र छिटो छरितो निर्वाचन गराउन सकिन्छ भनेर उपकरणको नमुना अभ्यास हुनु पनि तयारीकै सिलसिला हो,” प्रधानमन्त्रीले भने ।
उनले आधुनिकीकरणको जमानामा नेपाल विद्युतीय मतदान प्रणालीमा नजाने प्रश्न नहुने भन्दै यसलाई कसरी व्यवस्थापन गर्ने भन्नेबारेमा सरकार र आयोगबीच पछि छलफल गरिने बताए ।
Facebook Comments Box