
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले देशभर करिब २० लाख साधारण सदस्यता वितरण गरेको छ ।
पार्टीलाई सङ्गठित र व्यवस्थित बनाउन तल्लो तहदेखि माथिल्लो तहसम्मका नेता तथा कार्यकर्तालाई सो सदस्यता लिन अनिवार्य गरिएको प्रवक्ता राजाराम श्रेष्ठले जानकारी दिए ।
गत मङ्सिर २५ देखि पुस २९ गतेसम्म देशभर सञ्चालन गरिएको विशेष सदस्यता वितरण अभियानअन्तर्गत केन्द्रीय अध्यक्षदेखि साधारण सदस्य तथा नयाँले समेत सदस्यता लिएका छन् ।
पार्टीको आगामी फागुन ६ देखि ९ सम्म हुने महाधिवेशनका लागि देशभरका अधिकांश वडा, गाउँ, नगरको अधिवेशन सम्पन्न गरिएको छ भने बाँकी रहेका महानगर तथा केही नगरको अधिवेशन यही माघ १५ गतेसम्म सम्पन्न गर्ने योजना छ ।
Facebook Comments Box