काठमाण्डौं ४ पुस । प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवले सरकारले यही माघ १५ गतेसम्म निर्वाचनसम्बन्धी ऐनकानुन दिए आगामी जेठ पहिलो हप्तामा निर्वाचन गर्न सम्भव रहेको बताउनुभएको छ ।

राजधानिमा आयोजित एक कार्यक्रममा उहाले निर्वाचनका लागि पुरानो ऐन, कानुनअनुुसार तयारी सुरु गरेको जानकारी दिदनयाँ ऐन, कानुन दिए त्यसअनुसार काम अगाडि बढाउने बताउनुभयो ।
प्रमुख आयुक्त डा यादवले २०७० सालको संविधानसभाको निर्वाचनपछि बनेको पहिलो सरकारको प्राथमिकता छ महिनाभित्र स्थानीय निकायको निर्वाचन गराउने भन्ने रहेकामा अहिलेसम्म हुन नसक्नु दुःखद पक्ष भएको टिप्पणि गर्नुभयो ।
उहाँले निर्वाचनका लागि मतदाता नामावली, मतदाता परिचय पत्र वितरण, मतपत्र, मतदानस्थल, मतदान, मतपेटिका, मसलन्द र मानव संसाधन आवश्यक रहेकाले यसको गृहकार्यमा आयोग जुटेको बताउनुभयो ।
सरकारले निर्वाचनको बाटो बनाए आयोग अहोरात्र खटेर काम गर्न तयार रहेको बताउनुभयो । डा यादवले स्थानीय तहको निर्वाचन एकै पटक सम्भव नभएको र चरणबद्ध निर्वाचनका लागि सुरक्षा निकायसँग छलफल भइरहेको बताउनुभयो ।
उहाँले प्रदेश र प्रतिनिधिसभाको निर्वाचन एकै पटक सम्भव नभएको पनि स्पष्ट गर्नुभयो ।