काठमाण्डौं । नेपाल विद्यार्थी संघले स्ववियु निर्वाचन सुनिश्चित गर्न माग गर्दै प्रदर्शन गरेको छ ।

राजधानीका विभिन्न क्याम्पसका इकाई अध्यक्ष र विद्यार्थी नेताहरुले तत्काल स्ववियु निर्वाचनको कार्यतालिका घोषणा गर्न पनि माग गरेका छन् ।
शंकरदेव क्याम्पसका विद्यार्थी नेता दुजाङ शेर्पाको नेतृत्वमा भृकुटीमण्डपबाट निस्किएको जुलुसमा सहभागिहरुले स्ववियु निर्वाचन सुनिश्चितता गर, सिनेटको निर्णय स्वागतयोग्य छ, जसता नारा लगाउका थिए ।
बाल्मिकि कयाम्स अगाडी कोणसभा गर्दै उनीहरुले तत्काल कार्यतालिका घोषणा गर्न माग गरे । उनीहरुले त्रिभुवन विश्वविद्यालय सिनेट बैठकले स्ववियु निर्वाचनमा २८ वर्षे उमेर हद लगाउने गरि निर्णयको स्वागत पनि गरेका छन् ।
कार्यक्रममा नेविसंघ आर आर क्याम्पसका इकाई अध्यक्ष परोपकार अधिकारी, विश्वभाषा क्याम्पसका नेविसंघ नेता सुमन पाण्डे, थापाथली इन्जिनियरिङ क्याम्पसका इकाई अध्यक्ष नारायण घिमिरे, शंकरदेव क्याम्पसका कार्यवाहक अध्यक्ष जगदिश सापकोटा, त्रिभुवन विश्वविद्यालय केन्द्रिय क्याम्पसका नेता पेम्बा शेर्पा लगायतले सम्बोधन गर्दै स्ववियु निर्वाचन सुनिश्चितताको माग गरेका थिए ।