
विराटनगर । सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले सरकारले आगामी दुई हप्ताभित्रै स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने बताएका छन् ।
शनिबार विराटनगर विमानस्थलमा सन्चारकर्मीसँग कुरा गर्दै मन्त्री केसीले संविधान कार्यान्वयनको पाटोमा सरकार अगाडि बढेको भन्दै त्यसका लागि निर्वाचनको मिति घोषण गर्ने तयारी भइरहेको जानकारी दिए ।
उनले आगामी जेठको दोस्रो साताभित्रै स्थानीय तहको निर्वाचन गर्ने सरकारको तयारी रहेको पनि बताए ।
निर्वाचन घोषणाअगावै संविधान संशोधन प्रक्रियालाई टुंगोमा पुर्याउने सरकारको योजना रहेको उनको भनाइ थियो ।
Facebook Comments Box