
काठमाडौं । कानुनमन्त्री अजयशंकर नायकले उच्च अदालतमा गरिएको ८० जना न्यायाधीश नियुक्ती संविधानसम्मत् रहेको भन्दै निर्णय फिर्ता नहुने दाबी गरेका छन्।
शनिबार रिपोर्टर्स क्लबमा बोल्दै मन्त्री नायकले भने, ‘हामीले संविधान अनुसार न्यायाधीश नियुक्ती गरेका हौं, यो निर्णय कुनै हालतमा फिर्ता हुँदैन्, निर्णय सबैलाई स्वीकार्य छ।’ उनले नियुक्तीमा समावेशी, समानुपातिक नै रहेको दावी समेत गरे।
मन्त्री नायकले परिषदका सदस्यको सहमतिमै नियुक्तीको निर्णय गरिएको दाबी गरे। ‘हामीले एक दिन होईन, एक महिनासम्म बैठक बसेर यो गृहकार्य गरेर निर्णय गरेका हौं।’ उनले भने ‘बार एशोसियसनले नियुक्तीलाई लिएर गरेको विरोधको कुनै औचित्य छैन।’
Facebook Comments Box