काठमाण्डौं। कृषि विकास मन्त्रालय अन्तर्गतको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (आलु जोन) सुरु भएको छ ।

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले आज भक्तपुरमा आयोजित कार्यक्रममा आलु जोन क्षेत्रको घोषणा गर्नुभएको हो ।
परियोजनाअन्तर्गत यस आवमा जिल्लाका लागि रु दुई करोड ९५ लाखको बजेट विनियोजन भएको कृषि विकास कार्यालयका प्रमुख पूर्ण ढु्ङ्गानाले जानकारी दिनुभयो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना यसै आवदेखि सुरु भइ आगामी २०८२ असारसम्म सञ्चालन हुनेछ ।
नेपाललाई कृषिमा आत्मनिर्भर बनाउने उद्देश्यले देशभर लागू भएको १० वर्षे परियोजनाका लागि कुल रु एक खर्ब ३० अर्ब ७४ करोड २० लाख खर्च हुने परियोजना प्रमुख अच्युत ढकालले जानकारी दिनुभयो ।
Facebook Comments Box