विराटनगर । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन विधेयक कुनै हालतमा पारित नहुने जिकिर गर्नुभएको छ ।
आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले आफूहरुको विरोधका बीच सरकारले संसदमा टेबल गरेको संविधान संशोधन विधेयक पारित नहुने दाबी गर्नुभएको हो ।
सर्वाेच्चको आदेशपछि सरकारले संशोधन प्रस्ताव फिर्ता लिनुको साटो टेबल गरेर गल्ती गरेको उहाँको भनाई थियो ।
एमाले मोरङको जिल्ला अधिवेशन उद्घाटन गर्न विराटनगर पुगेका अध्यक्ष ओलीले संसदमा निर्वाचनसम्बन्धी विधेयक दर्ता भएसँगै मुलुक निर्वाचनतर्फ गएको बताउनुभयो ।
कोही कसैले निर्वाचनमा अवरोध गरे सरकारले त्यसलाई रोक्नु पर्ने बताउनुभयो उहाँले आ–आफ्नो स्वार्थ भन्दा माथि उठेर देश र राष्ट्र सम्झेर सत्तापक्षले अघि बढ्ने हो भने पुनः देश सहमतिको बाटोमा अघि बढ्ने बताउनुभयो ।
अख्तियार प्रमुख लोकमानसिंह कार्की नियुक्तिलाई अदालतले बदर गरेपछि उनले गरेका निर्णय र सेवा सुविधाको विषयमा के गर्ने भन्ने विषय दलहरुबीच आपसी छलफल गरेर टुंगो लगाउने ओलीको उहाँको भनाई छ ।