विराटनगर । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले एमालेको शक्ति प्रदर्शनलाई बेमौसमी बाजाको संज्ञा दिनुभएको छ । आज बिराटनगरमा पत्रकारहरुसँग कुरा गर्दै यादवले एमालेले शक्ति प्रर्दशन गरेर मुलुकलाई मुठभेडतर्फ डोर्याएको आरोप समेत लगाउनुभयो ।
घीय गठबन्धनका संयोजक समेत रहेका यादवले एमालेको शक्ति प्रर्दशनले जारी राजनीतिक गतिरोध अन्त्य नहुने टिप्पणी गर्नुभयो । मुलुकलाई निकाश दिन एमाले जिम्मेवार नभएको उहाको आरोप थियो ।
यादवले संविधान संशोधन बिना चुनाव भए आफुहरुलाई मान्य नहुने स्पष्ट पार्नुभयो । मधेसी, आदिवासी जनजाती, थारु लगायतको माग सम्बोधन नगरि निर्वाचनको कुरा गर्नुको अर्थ नभएको उहाको भनाइ छ ।
Facebook Comments Box