काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारले अघि बढाएको संविधान संशोधन विधेयकलाई समर्थन नगर्ने बताउनु भएको छ ।

शुक्रबार रिपोर्टर्स क्लबका प्रतिनिधिहरुसँगको भेटमा अध्यक्ष थापाले यथास्थितिमा आफ्नो पार्टीले संशोधन विधेयकलाई समर्थन गर्न नसक्ने बताउनु भएको हो ।
विद्येयक तयार पार्दा आफ्नो पार्टीसँग छलफल नभएको र अहिले विद्येयक ल्याएको एक महिना वितिसक्दापनि आफूहरुले पटक–पटक आग्रह गर्दा एक पटक पनि छलफल नगरिएको थापाको गुनासो थियो।
थापाले विधेयकको विवादलाई थाँति राखेर नयाँ शिराबाट समझदारी कायम गरेर अघि बढ्न सरकारलाई आग्रह गर्नुभयो । उहाँले नेकपा एमालेलाई संसद अवरुद्ध नगर्न पनि आग्रह गर्नुभएको छ ।
‘सर्बोच्च अदालतले केही महत्वपूर्ण फैसला दिएको छ, जसको आधारमा संसदमा संविधान संशोधन विद्येयकको बारेमा छलफल गर्ने ढोका खुलेको छ, तर यो केवल कानूनी विषयमात्रै होईन, राजनीतिक विषयपनि भएकाले छलफल गरेर अघि बढ्नु नै बुद्धिमानी हुन्छ।’ थापाको भनाइ छ।