काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले वचार व्यक्त गर्दा सभ्य भाषा प्रयोग गर्नुपर्ने बताएका छन् ।
बहीवार काठमाडौंमा आयोजित नेकपा एमालेको जनवर्गीय संगठन नेपाल राष्ट्रिय भुतपूर्व सैनिक तथा प्रहरी संगठनको महाधिवेशनलाई सम्बोधन गर्दै उनले नेपालमा विगतमा द्वन्द्वरत पक्षलाई निर्वाचनको प्रतिष्पर्धाबाटै शान्तिपूर्ण राजनीतिमार्फत आफ्ना योजना अगाडि बढाउन सकिने बाटो देखाएर हिंसाको बाट छोड्न सहमत गराएको बताए।
उनले विचार व्यक्त गर्नकै लागि हिंसा आवश्यक नभएको पनि उल्लेख गरे । विचार व्यक्त गर्नका लागि अमर्यादित तथा समाजलाई पाच्य नहुने गालीगलोजको भाषा प्रयोग हुनु सामाजिक र राजनीतिक दृष्टिकोणमा पनि गलत भएको उनको भनाइ छ ।
उनले नेकपा एमालेले विचारकै माध्यमबाट विगतमा निर्वाचन जितेर एकलौटी सरकार निर्माण गरेर ऐतिहासिक काम गरेको दाबी गरे। शासकले जनताको अधिकार खोस्ने तथा दमन गरेको अवस्थामा मात्रै जनता हिंसामा उत्रिन सक्ने उनको भनाइ छ ।
