झापा- गरिमा विकास बैंक बुधबारे शाखाले बुद्धशान्ति गाउँपालिका वडा नं १ मा रहेको नमूना आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको छ।
शुक्रबार नमूना आधारभूत विद्यालयका विद्यार्थीहरूलाई वित्तीय साक्षरता सम्बन्धी एक दिने प्रशिक्षण दिनुका साथै ४० जना विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको बैंकको बुधबारे शाखाका प्रवन्धक ज्योती खनालले जानकारी दिए।
विद्यालयमै पुगेर बैंकका कर्मचारीले उक्त कार्यक्रम गरेका हुन्।
कार्यक्रममा बैंक के हो, बैंकको इतिहास, बैंकको प्रकार, चेकको भुक्तानी र किसिम, लोन र लोनको किसिम, खाता र खाताको किसिम, बैंकको कालोसूचि, वचतका फाइदा, मोबाइल बैकिङ्ग प्रयोग तथा सुरक्षा लगायतको बारेमा जानकारी गराएको शाखा प्रमुख खनालले जानकारी दिए।
Facebook Comments Box
