काठमाडौँ- नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले आगामी निर्वाचनमा काँग्रेस एक्लै प्रतिष्पर्धा गर्ने बताएका छन्।
सोमवार काठमाडौंमा नेपाली काँग्रेसको सय दिने विशेष अभियानअन्तर्गत काठमाडौं महानगरस्तरीय भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले आगामी निर्वाचन एक्लै लड्ने र बहुमत ल्याउने दाबी गरे । उनले अहिलेको अभियान ०८४ कै तयारीको प्रारम्भ भएको उल्लेख गरे ।
उनले आफूले गरेका राम्रा कामहरुको प्रचारप्रसार गर्न काँग्रेस अघि सर्नुपर्ने र कमी कमजोरीको पनि आफूले जस/अपजस लिनुपर्ने बताए ।
उनले राजनीतिक क्षेत्रमा जनताको अधिकारका लागि गरेका संघर्षहरु जनतामाझ पुर्याउनुपर्ने बताए। जनताका अधिकार पूरा कार्यान्वयन गर्न धेरै काम गर्न बाँकी रहेको उनले बताए ।
नेता सिटौलाले नेपाली काँग्रेस पार्टीले गर्न नसके अरु कुनै पनि राजनीतिक दलले जनताको हितमा काम गर्न नसक्ने बताए।