काठमाडौँ । सभामुख देवराज घिमिरेले सरकारले सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिको प्रतिवेदन अविलम्व कार्यान्वयन गर्नुपर्ने बताएका छन्।
बुधवार समितिको अनुसन्धानको क्रममा सहयोग पुर्याउने विभिन्न व्यक्तिहरुलाई कदरपत्र वितरण गर्न आयोजित कार्यक्रममा बोल्दै सभामुख घिमिरेले समितिको प्रतिवेदन सरकारले अविलम्व कार्यान्वयन गर्नुपर्ने धारणा राखेका हुन् ।
उनले प्रतिनिधि सभाले प्रतिवेदन सभामा पेश हुनासाथ सरकारलाई हस्तान्तरण गरेको भन्दै प्रतिवेदनको कार्यान्वयन गरी सहकारीहरुलाई ठिक ढंगले सञ्चालन गर्ने काम सरकारले गर्नुपर्ने बताए ।
उनले समितिले समझदारीका साथ प्रतिवेदन ल्याएर संसदीय समितिले दलिय दृष्टिकोण भन्दा माथि उठेर समस्या केन्द्रित भएर काम गर्नसक्छ भन्ने उदाहरण प्रस्तुत गरेको पनि बताए । उनले प्रतिवेदन कार्यान्वयनमा सरकारले तत्परता देखाउनुपर्ने बताए।
