काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संक्रमणकालिन न्याय (टिआरसी) विधेयक संसदको चालु अधिवेशनबाटै पारित हुने बताएका छन्।
मंगलवार महान्यायाधिवक्ताको कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । प्रतिनिधि सभामा पेश गरिएको सो विधेयकबारे बुधवार (भोलि) राजनीतिक दलका नेताहरुले आफ्नो धारणा राख्ने कार्यसूचि तय गरिएको छ ।
प्रधानमन्त्री ओलीले नेताहरुले आफ्नो धारणा राखेपछि २ दिन भित्र सो विधेयक प्रतिनिधि सभाबाट पारित भएर राष्ट्रिय सभामा जाने बताए। उनले सो विधेयक संसदबाट पारित हुनुलाई ठूलो उपलब्धिको रुपमा लिनुपर्ने बताए।
प्रधानमन्त्री ओलीले सो विधेयकलाई पीडितमैत्री भएर अघि बढाइएको दाबी समेत गरे । उनले सो विधेयकबारे अन्तर्राष्ट्रिय समुदायले सक्रियतापूर्वक चासो राखेको र त्यसलाई सफलताका साथ अघि बढाउने बताए।
Facebook Comments Box
