काठमाडौँ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको प्रमुख दलका शीर्ष नेताहरूको बैठकमा सहमति जुट्न सकेन ।
टीओआरमा सहमति खोज्न बसेको शुक्रबार बसेको बैठकमा सहमति जुट्न नसकेको हो । बैठक सकारात्मक भए पनि सहमति जुट्न नसकेको नेपाली कांग्रेसका नेता रमेश लेखकले जानकारी दिए ।
उनले सुप्रिम, स्वर्णलक्ष्मीलगायत सहकारीबाट कुन कम्पनीमा पैसा गएको छ भन्नेबारे छानबिन हुनुपर्ने बताए ।
“व्यक्तिको वा सहकारीको नाम राख्नेभन्दा मूलभूत कुरा सहकारीमा लाखौँको अर्बौं बचत अपचलन भएको छ, रकम दुरुपयोग ठगी भएको छ । ती रकम कतिपय प्राइभेट कम्पनीमा गएको छ, स्वर्णिम, स्वर्णलक्ष्मीजस्ता सहकारीबट गोर्खा मिडिया नेटर्वकमा पैसा गएको छ । कुन कुन सहकारीबाट कहाँ कहाँ गएको छ छानबिन गर्नुपर्छ,” उनले भने ।
Facebook Comments Box
