काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले बिरोध गरेपछि बिहीवारको राष्ट्रिय सभा बैठक स्थगित भएको छ ।
बैठक शुक्रवार १ बजेर १५ मिनेटमा बस्नेगरी स्थगित भएको हो । बैठक शुरु भएपछि सभाको कारबाही प्रस्तुत गर्ने क्रममा नेपाली काँग्रेसका सांसदहरुले उठेर बिरोध जनाएका थिए ।
काँग्रेसले बिरोध जनाएसँगै राष्ट्रिय सभा अध्यक्षले संसद बैठक शुक्रवार सम्मका लागि स्थगित गरेका हुन् । सो क्रममा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय सभाको ७ वर्षको इतिहासमा नयाँनयाँ पन देखिन थालेको महशुस भएको बताए ।
उनले राष्ट्रिय सभामा बिरोध गर्नेकुराले सबैलाई अफ्ठ्यारो भएको र बाहिर नयाँ किसिमको परिचर्चा शुरु भएको बताए ।
अध्यक्ष दाहालले नेपाली काँग्रेसलाई सभा सहज रुपमा अघि बढाउनका लागि भूमिका खेल्न पनि आग्रह गरे ।
Facebook Comments Box
