काठमाडौँ । नेपाली कांग्रेसले महामन्त्री विश्वप्रकाश शर्माले मुलुकमा विश्वासको खडेरी रहेको बताएका छन् ।
आज संसदमा प्रधानमन्त्रीले राखेको विश्वासको मत सम्बन्धी प्रस्तावमाथि बोल्दै महामन्त्री शर्माले विश्वास धरापमा रहेको बताए ।
उनले भने, ‘सम्माननीय प्रधानमन्त्रीजी विश्वासको मतका लागि अपिल गर्नुभएको छ । राज्यकोनेतृत्वप्रति रोटी, सुरक्षा र विश्वास नागरिकको अपेक्षामा हुन्छ । दुई वटा मात्र भए के भन्दा सुरक्षा रविश्वास राज्यले व्यवस्था गर् यो भने रोटीको प्रबन्ध नागरिकले आफैँले गर्छ । राज्यले केबलविश्वास मात्र दियो भने सुरक्षा र रोटीको व्यवस्था आफैँले गर्छ’ ।
आज हाम्रो देशमा सबैभन्दा धरापमा यही विश्वास रहेको उनको भनाइ छ । ‘प्रशासनमा गएकोनागरिक प्रशासकप्रति विश्वस्त भएर जाँदैन । केही आशङ्का बोकेर जान्छ । अस्पताल जाँदैगरेको नागरिक डाक्डरप्रति विश्वास नगरेर गइरहेको देखिन्छ । नागरिकलाई सबैप्रति विश्वासछैन,’ उनले भने ।
