काठमाडौँ । बुधवार बसेको मन्त्रिपरिषद् बैठकले रिक्त राष्ट्रिय सभा सदस्य पदको लागि माघ ११ गते निर्वाचन गर्ने निणर्य गरेको हो ।
निर्वाचन आयोगको परामर्श बमोजिम सो दिन निर्वाचन गर्ने निणर्य गरिएको सञ्चार तथा सुचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
त्यसैगरी बैठकले नेपाल इन्जिनियरिङ सेवातर्फ रिक्त सचिव पदमा सरिता दवाडीलाई बढुवा गर्ने निणर्य गरेको पनि उनले बताइन् ।
बैठकले भुकम्प प्रभावित जिल्ला जाजरकोटमा अस्थायी आवास निर्माण गर्ने काममा जिल्ला सुरक्षा समितिको सिफारिसको आधारमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई खटाउने निणर्य गरेको मन्त्री शर्माले बताइन् ।
Facebook Comments Box
