काठमाण्डौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमालेले मुलुकलाई विखण्डनतर्फ लैजान खोजेको आरोप लगाएका छन् ।

नेपाली कांग्रेसका कोषाध्यक्षहरुको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै सभापति देउवाले नेकपा एमालेले तराई र पहाडबीच क्षेत्रीय विखण्डन निम्त्याउन खोजेको आरोप लगाएका हुन् ।
सरकारबाट बाहिरिएपछि संसद अवरोध गरेर एमालेले सरकारबाट बाहिरिनु पर्दाको तुष देखाइरहेको उनको आरोप छ । संविधान कार्यान्वयन गर्न २०७४ माघ सम्ममा सबै तहको निर्वाचन गरिसक्ने पर्ने भएकोले समय कम रहेको भन्दै उनले संसदको अवरोध चाँढै अन्त्य हुनु पर्ने बताए । अवारोध अन्त्य गर्ने विषयमा कांग्रेसले पहल गर्ने पनि उनको भनाई छ ।
कांग्रेसका कोषाध्यक्षहरुको २ दिने भेला राष्ट्रिय सभागृहमा आजबाट सुरु भएको छ ।
पार्टी सञ्चालनका लागि लेवीको व्यवस्थालाई थप व्यवस्थित बनाउने, राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा हुने गरेका आर्थिक व्यवस्थापनको बारेमा वृहत छलफल गर्ने उद्देश्यका साथ यो सम्मेलनको आयोजना गरिएको हो ।