पर्वत । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधीले बाह्र महिना तीनवटा निर्वाचन गर्ने गरि सरकारले गृहकार्य गरिरहेको बताएका छन् ।

पर्वतको सदरमुकाम कुश्मामा बुधबार काँग्रेस कार्यकर्ताहरु संग भेटघाट पछि वोल्दै सरकारले अबको बाह्र महिनामा स्थानीय, प्रदेश र संघीय चुनाव सम्पन्न गर्ने दावी गरे ।
स्थानीय चुनाव नभए संविधान धरापमा पर्ने औल्याउँदै मन्त्री निधीले सरकारले अरु सबै काम थाती राखेर पनि चुनावको वाताबरण बनाउन लागिएको जानकारी दिए ।
अहिलेको सरकारको मुख्य दायित्व स्थानीय निकायको चुनाव र संविधानको कार्यान्वयन रहेको उल्लेख गर्दै निधीले सरकारले जिम्मा लिएका काम सम्पन्न गरिछाड्ने उल्लेख गरे ।
पुसभित्र निर्वानका लागि आवश्यक कानुन वनिसक्ने दावी गर्दै वैशाखमा स्थानीय निकायको चुनाव हुने ठोकुवा गरे । सिमाङकनको वहानामा ५ नम्बर प्रदेशमा एमालेले आन्दोलन गरेर भ्रमको खेती गरेको निधीको आरोप छ । उनले संसोधन प्रस्ताव जसरी पनि पास हुने दावी पनि गरे ।