काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले मुलुकमा व्याप्त भ्रष्टाचारका विरुद्ध काठमाडौंमा विरोध प्रदर्शन गर्ने भएको छ ।
राप्रपा नेपालका भ्रातृ संगठनहरूको आयोजनामा उसले आज (शुक्रबार) दिउँसो २ बजे विरोध प्रदर्शन गर्न लागेको हो ।
भद्रकालीबाट सुरु हुने विरोध प्रदर्शन न्युरोड, असन, ईन्द्रचोक हुँदै रत्नपार्कस्थित शान्तिबाटिकामा पुगेर कोणसभा परिणत हुने पार्टी प्रवक्ता बसन्तमान सिंह अधिकारीले जानकारी दिए ।
उक्त कोण सभालाई राप्रपा नेपालका अध्यक्ष कमल थापाले सम्बोधन गर्ने छन् ।
सुशासनको पक्षमा र देशमा बढ्दै गएको अपराधिक घटनाको विरोधमा प्रदर्शन गर्न लागेको पनि अधिकारीले जनाएका छन् ।
साथै, संघीय खारेजीको पक्षमा पनि आफ्नो पार्टी रहेको जनाउँदै उनले भने,‘जबसम्म देशमा संघीय व्यवस्था रहन्छ तबसम्म मुलुक अगाडि बढ्न सक्दैन् ।’
Facebook Comments Box
