काठमाडौं । स्थानीय तह पुनसंरचना आयोगले आज प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रतिवेदन बुझाउने भएको छ ।
स्थानीय तह निर्धारणबारे लामो समयको विवादपछि ७ सय २० देखि २५ वटासम्म तह रहने गरी आयोगले आज प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाउन लागेको हो ।
यद्यपि प्रतिवेदन बुझ्नका लागि प्रधानमन्त्री दाहालले समय भने दिइसकेका छैनन् ।सम्पूर्ण जिल्लाको स्थानीय तह निर्धारणको छिनोफानो लागेको र थप छलफलका लागि प्रतिवेदन बुझाउन लागिएको आयोगका सदस्य डोरप्रसाद पौडेलले जानकारी दिए ।
स्थानीय तह पुनसंरचनामा स्थानीय तहमा विवाद भने कायमै रहेको छ । कतिपय क्षेत्रमा निर्धारण गरिएका नगरपालिका तथा गाउँ पालिका अपाएक परेको भन्दै स्थानीयहरुले विरोध जारी राखेका छन् ।
स्थानीय तहमा सबै अधिकारहरु प्रत्यायोजन गर्ने गरी र स्थानीय वासिन्दालाई सहज हुने गरी स्थानीय तहको ढाँचा तयारी गरिएको आयोगको भनाई छ ।
प्रधानमन्त्री दाहालले आयोगको म्याद फागुन सम्म रहेकाले अहिले हतार गर्नु नपर्ने प्रतिक्रिया यसअघि दिएका थिए ।