काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रवि लामिछाने नेतृत्वको रास्वपा सरकारमा आए भ्रष्टाचारको जुनसुकै फाइल खोल्न आफू तयार भएको बताएका छन् ।
सोमबार चितवन पुगेका प्रधानमन्त्री प्रचण्डले भने, ‘भ्रष्टाचारको कुन फाइल खोल्नु पर्ने हो म तयार छु। रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता उहाँहरूले लिनुहुँदैन। हिजो बालुवाटारमा कुरा भएको थियो।’
रास्वपाले साबिककै मन्त्रालय खोज्नु स्वभाविक भएपनि रोजेकै मन्त्रालय दिन सक्ने अवस्था नभएको उनको भनाइ छ। रास्वपा सरकारमा आउने कुरा चलिरहेको उल्लेख सहभागी हुने विश्वास व्यक्ति गरे।
Facebook Comments Box
