काठमाडौं । भारतमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेल आइतबार स्वदेश फर्किँदै छन् ।
नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा ११ दिनको उपचारपछि राष्ट्रपति पौडेल आइतबार राति साढे ८ बजे फर्किन लागेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
राष्ट्रपति पौडेलको स्वास्थ्यमा सुधार आएको छ । उनी अस्पतालबाट सिधैं विमानस्थलबाट काठमाडौं आउने कार्यक्रम छ ।
उनी नेपाल एयरलाइन्सको नियमित उडानबाट स्वदेश फर्किन लागेका हुन् ।
राष्ट्रपति पौडेललाई त्रिवि शिक्षण अस्पतालमा उपचार गराएर थप उपचारका लागि गत वैशाख ६ गते भारत लगिएको थियो ।
Facebook Comments Box
