काठमाडाैं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले कोदोले सुगर र प्रेसर कम गर्ने बताएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित नेशनल नर्सिङ कन्फ्रेन्सलाई सम्बोधन गर्दै उनले यस्ताे बताएका हुन् ।
उनले कोदो बहुगुणी भएकाले कोदो खान र उत्पदान गर्न सुझाव दिएका हुन् ।
उनले आफूले पनि पछिल्लो समय कोदोको सेवन धेरै गरेको भन्दै अहिले सुगर र प्रेसर हराएको बताए ।
नेता खनालले कोदोको सेवनले गर्दा आफू अहिले म्याराथनमा दौडिन पनि सक्षम र बलवान भएको बताए । हरेका कुरालाई पराजय गर्नको लागि आत्मविश्वासको आवश्यक्ता रहेको उनको भनाइ थियो ।
नैतिकवान राजनीतिज्ञ मात्रै सधैंभर आफ्नो उचाइमा बसिरहन सक्षम हुने नेता खनालले बताए ।
Facebook Comments Box
