विर्तामोड । राष्ट्रिय प्रजातन्त्र पार्टी झापाले यही पौष ९ गते बिर्तामोडमा वृहत हिन्दुत्व जागरण तथा पार्टी एकता सभाको आयोजना गर्ने भएको छ । एकता सभाबारे जानकारी दिन शुक्रबार बिर्तामोडमा आयोजित पत्रकार सम्मेलन मार्फत पार्टीका महामन्त्री राजेन्द्र लिंग्देनले वैकल्पिक प्रजातान्त्रीक शक्तीको रुपमा स्थापित हुने उद्देश्यले कार्यक्रमको आयोजना गर्न लागिएको जानकारी दिए ।
पार्टी एकता सभामा अध्यक्ष कमल थापा, राष्ट्रिय अध्यक्ष पशुपती समसेर जवरा, पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द बरिष्ठ नेता प्रकाशचन्द्र लोहनी, गायिका तथा महिला नेत्री कोमल ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको जिल्ला अध्यक्ष अम्बर बहादुर बिष्टले जानकारी दिए । कार्यक्रमको प्रचारप्रसारका लागि पौष ८ गते वृहत मोटरसाइकल र्यालीको समेत आयोजना गरिएको बतार्ईएको छ । सोही दिन आयोजना गरिने पूर्वाञ्चल स्तरिय भेलामा पार्टीका केन्द्रिय नेताहरु सहभागी हुने महामन्त्री लिंग्देनले बताए ।
माघ २५ गते देशैभर जिल्ला परिषद तथा निर्वाचन सम्पन्न गरिने र फागुन ६ देखी ९ गते सम्म केन्द्रिय महाधिवेशन काठमाडौंमा गरिने समेत सो अवसरमा जानकारी दिइएको छ ।