काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले एकीकरणपछि कार्यसमिति विस्तार गरेको छ । राप्रपाले ६ उपाध्यक्ष, ६ महामन्त्री, दुई कोषाध्यक्ष, दुई प्रवक्ता र चार सहायक प्रवक्ता मनोनयन गरेको छ ।
उपाध्यक्षमा दिपक बोहोरा, राजीब पराजुली, बुद्धिमान तामाङ, निरञ्जन थापा, प्रतिभा राणा र हरिनारायण यादव रहेका छन् । त्यसैगरी महामन्त्रीमा टंक ढकाल, धु्रब बहादुर प्रधान, राजेन्द्र लिङ्देन, विक्रम पाण्डे, धवल शमशेर जबरा, नरेन्द्र चौधरी, कोषाध्यक्षमा उद्धव पौडेल र निलकण्ठ काफ्लेलाई मनोनित गरिएको छ ।
त्यसैगरी प्रवक्तामा ठाकुर शर्मा र राजाराम श्रेष्ठ र सहप्रवक्तामा किरण गिरी, मोहन श्रेष्ठ, बसन्तमान सिंह अधिकारी र राजाराम बर्तौलालाई चयन गरिएको राप्रपाले जनाएको छ ।
राप्रपाले अन्तरिम विधान तथा पार्टीको एकीकरणको नीति र आधारपत्रमा व्यवस्था भएअनुसार राष्ट्रिय अध्यक्षसँगको सहमतिमा कार्यसमितिको संख्या थप गरेको जनाएको छ ।