भद्रपुर। झापाको पुरानो शहर भद्रपुरमा गाईवस्तुको मलमूत्र उपयोग गर्ने बारेमा सरकारी निकाय र किसानवीच चिन्तन सुरु भएको छ।
गाईवस्तुको मलमूत्र खेर जान नदिन ‘भकारो व्यवस्थापन’ गर्ने बारेमा भएको चिन्तनको जिल्ला कृषि विकास कार्यालयले संयोजन गरेको छ ।
उनीहरुले गाईवस्तुको मलमूत्रलाई उचित व्यवस्थापन गर्न सकिएमा विषादी र रासायनिक मल प्रयोग गर्नु नपर्ने उपायको खोजी गर्नुपर्नेमा जोड दिएका छन् । त्यसैगरी यसबाट जमिनको उर्वर क्षमता वृद्धि भई लागत कम हुने र उत्पादन बढ्ने, माटोको अम्लीयपन घटाउने, विषादी तथा रासायनिक मल क्रमशः विस्थापित हुँदै जाने विज्ञहरुले सुझाए ।
स्थानीय ३० कृषकको सहभगिता रहेको एकदिने चिन्तन कार्यक्रममा बाली संरक्षण अधिकृत राजेन्द्र खरेल, प्राविधिकद्वय शालिकराम भट्टराई र शेषराज पौडेलले अनुभव सुनाएका थिए।
Facebook Comments Box