
दाङ । प्रधानमन्त्री प्रचण्डले संविधान संशोधन प्रस्ताव कुनै परिमार्जन हुन सक्ने तर कुनै हालतमा फिर्ता नहुने प्रष्ट पारेका छन् ।
दाङको राप्ती नदीमा सिसहनिया महदेवा जोड्ने पुलको शिलान्यास समारोहलाई बुधबार देउखुरीमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भनेे, ‘म प्रधानमन्त्री रहँदासम्म यो संशोधन प्रस्ताव कुनै हालतमा फिर्ता हुँदैन बरु संसदीय प्रक्रियाभित्रै रहेर परिमार्जन हुनसक्छ ।’
प्रमुख प्रतिपक्षी नेकपा एमालेले सरकारले संसदमा दर्ता गरेको संशोधन प्रस्ताव राष्ट्रघाती भएको भन्दा फिर्ता गर्न दवाव दिदै आएका बेला प्रधानमन्त्रीले फिर्ता गर्न नसकिने बताएका हुन् ।
उनले संविधान संशोधनको विरोधमा आन्दोलनरत दलहरुलाई आन्दोलन छाडेर सहमतिमा आउन अपिलसमेत गरेका छन् ।
Facebook Comments Box