काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्रीलाई भेट्न पूर्वप्रधानमन्त्री तथा पूर्वमाओवादी नेतासमेत रहेका भट्टराई र पूर्व परराष्ट्रमन्त्री समेत रहेका यादव बालुवाटार पुगेका हुन् ।
तीन शीर्ष नेताको भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । नेताहरुबीच छलफल जारी छ ।
Facebook Comments Box