
दमक । स्थानिय निकाय पुर्नसंरचनका क्रममा झापाको सुदुर पश्चिममा रहेका लखनपुर, तोपगाछी र धरमपुर गाविसलाई दमकमा समायोजन नगरिएपछि यहाँ स्थित बिभिन्न राजनितीक दल तथा संघ संस्थाहरुले सशक्त आन्दोलन गर्ने घोषणा गरेका छन ।
झापा क्षेत्र नम्बर ७ अन्र्तगतका दमक, लखनपुर, तोपगाछी र धमपुरलाई मिलाए दमक उपमहानगर पालिकाको माग गर्दैै आएका यहाँका स्थानिय राजनितिदलहरु स्थानिय जनताका भवना विपरित लखनपुर र तोपगाछिलाई मिलाए छुट्टै गाँउ पालिका बनाउने जिल्ला स्तरिय राजनितिक सहमतिबाट निणर्य भएपछि आफनै दलको विरुद्धमा आन्दोलगर्ने नेताहरुले चेतावनी दिएका छन ।
झापाको दमकमा मंगलबार भएको सर्वपक्षिय, सर्वदलिय भेलाका सहभागिहरुले स्थानीय तह पुनर्संरचनाका क्रममा झापामा १५ ओटा ईकाई बनाउने जिल्ला स्तरको सहमति प्रति उनिहरुले आपत्ति जनाएका छन । उनिहरुले यसका बिरुद्धमा झापा क्षेत्र नं.७ मा आन्दोलनको घोषणा गरेका छन् । यहाँरहेका विद्ययमान साना तथा ठुला राजनितिकदलहरुले पनि दमकलाई नगरपालिकामा सिमित गर्ने जिल्ला स्तरिय दलिय सहमतिको निर्णय प्रति आपत्ती प्रकट गरेका छन । केहि व्यक्ति र दलका स्वार्थमा केन्द्रित भएर गरिएको जिल्ला तहको निर्णय लाई अब जनताको दवावले परिवर्तन गराउने नेताहरुले नेताहरुले चेतावनि दिएका छन ।
झापा क्षेत्र नं.७ लाई समेटेर दमक उपमहानगर पालिका नबनाए सम्म जिल्ला स्तरमा भएको सहमति अमान्य हुने चेतावनी पनि दिईएको छ । दलिय तथा क्षणिक स्वार्थमा लागेर दमकको भाग्य भबिष्यमाथिनै खेलबाँडगर्न रोजिएरको दलहरुले आरोप लागाएका छन । उनिहरुले झापाको विर्तामोडलाई शक्ति केन्द्रको रुपमा विकाश गर्न खोजिएको आरोपपनि लगाए ।
नेकपा एमालेका क्षेत्रिय इन्चार्ज होम थापाले दमकका विषयमा जिल्लास्तरको राजनिति सहमतिबाट भएको निर्णय लगतभएको बताउदै यसलाई सच्याइनु पर्ने बताउनु भयो । त्यसैगरि नेकपा माओबादी केन्द्रका क्षेत्रिय इन्चार्ज रेबतराज पुरी गगनले दलहरुले पुर्वाग्रहिभएर दमक झापा क्षेत्र नम्बर ७ माथिगरेको अन्यायको विरुद्धमा स्थानि जनताहरुलाई साथमा लिएर सशक्त आन्दोलनमा उत्रने बताउनु भयो । त्यसैगरिर उक्त छलफलमा नेपाली कांग्रेस झापाका पूर्व कोषाध्यक्ष देविप्रसाद दाहालले झापाको क्षेत्र नम्बर ७ लाई मिलाएर दमक उपमहानगर पालिका बनाउन कसैले पनि कन्जस्याइ गर्नु नहुने बताउनु भयो । नयाँ शक्ती नेपालका लखनपुर संयोजक याम पाठकले जिल्लाको निर्णयले याहाँका आम जनताको भावना माथि खेलबाड भएको भन्दै जनभावनाको कदर नगरिए आफुहरु आन्दोलित हुने बताउनु भयो ।
मंगलबार दमकमा भएको सर्वदलिय छलफलले जिल्ला स्तरमा भएको स्थानीय पुनर्संरचनाका अमान्य हुने ठहर समेत गरेको छ । त्यसका बिरुद्धमा संघर्ष समिति गठन गरिएकाले नेतृत्व र आन्दोलनका बारेमा थप बैठक बसि निर्णय गर्ने जनाईएको छ । यस्तै निर्णय सच्याउन सवै राजनीतिक दलको केन्द्रिय नेतृत्व तथा पुनर्संरचना आयोगको पनि ध्यानाकर्षण गराउने दलहरुले जनाएका छन् । सोमबार नेकपा एमाले, नेकपा माले, राष्ट्रिय जनमुक्ति पार्टी, नया शक्ति, सद्भावना सहितका दलहरुको फरकमत सहित झापामा १५ ईकाई बनाउने सहमति भएको थियो । हाम्राे दमकबाट ।