
नयाँ दिल्ली । भारत भ्रमणमा रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग मंगलबार बिहान भेट गरेका छन्।
भेटमा देउवा पत्नी आरजु देउवा पनि सहभागी थिइन्। भारतीय टोलीमा मोदीसहित विदेश सचिव जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहाकार अजित दोबललगायतको उपस्थिति थियो।
देउवा भारतको गोवामा भएको एक कार्यक्रममा सहभागी भएर दिल्ली आइपुगेका हुन्। दिल्लीमा जवाहरलाल नेहरू विश्वविद्यालयले देउवालाई विशेष महाविद्यावारिधी प्रदान गरेको थियो।

Facebook Comments Box