
काठमाडाैं–नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्की विरुद्ध संसदमा दर्ता भएको महाअभियोगको प्रस्तावमा लोकतन्त्रले हार्ने गरी र लोकमानले जित्ने गरी संसदले निर्णय नगर्ने बताएका छन् ।
मानवअधिकार तथा शान्ति समाजको प्रतिनीधिमण्डलसँग सोमबार साँझ भएको भेटमा ओलीले यस्तो बताएका हुन् ।
ओली निवास बालकोटमा भएको उक्त भेटमा ओलीले शान्ति र लोकतन्त्रको पक्षमा समाजले अघि सारेको अवधारणा स्वागत योग्य भएको भन्दै संवैधानिक रिक्तता आउन नदिन २०७४ मा प्रतिनिधी सभाको निर्वाचन हुनैपर्ने कुरामा पनि जोड दिए ।
Facebook Comments Box