काठमाडौं । नेपालमा तरकारीवाली र अन्य धेरै वाला र वालीहरूले सामाजिक सञ्जाल कब्जा गरिरहँदा अमेरिकन स्कुलका विद्यार्थीहरूमाझ अनौठो चलन शुरु भएको छ ।
विद्यार्थीहरू कुनै खालको अभिनय गरेझैं क्यामेराले खिचेको तस्वीरमाझैं स्थिर बस्ने प्रचलन हिट भएको छ । बेलायती मिररले जनाएअनुसार यस्तो अनौठो क्रियाकलापमा स्कुलका शिक्षकहरूले समेत विद्यार्थीलाई साथ दिने गरेका छन् ।
सबै विद्यार्थीहरू तस्वीरमाझैं स्थिर भइरहँदा एक दुई जनाले भाहीँ स्थिर अवस्थाको भिडियो खिच्ने र सामाजिक सञ्जालहरूमा हाल्ने प्रचलन व्यापक भएको छ । यसलाई अमेरिकनहरूले म्यानेक्नि च्यालेन्ज (Mannequin Challenge)नाम दिएका छन् । यही नाममा युट्युबमा टन्नै भिडियोहरू अहिले भाइरल भइरहेका छन् ।
Facebook Comments Box