एजेन्सी । भगवानलाई श्रद्धास्वरूप पैसा र गरगहना चढाउने कुरा त सामान्य हो । तर भारतको मध्य प्रदेशमा रहेको रतलाममा महालक्ष्मीको मन्दिर छ जहाँ भक्तहरूलाई प्रसादका रूपमा सुनचाँदी दिइन्छ ।
![]()
यस्तो प्रसाद पाउनका लागि स्वाभाविक रूपमा भक्तहरूको भीड लाग्ने नै भयो । हुन त यो मन्दिरमा वर्षैभरि भक्तहरू जाने गर्छन् तर वर्षका केही दिनमा मात्र सुनको प्रसाद बाँडिन्छ ।
वर्षभरि चढाइएका सुन र गहनाहरू कागतिहारदेखि लक्ष्मीपूजाका दिनसम्म मन्दिरमा सजाएर राखिन्छ । यहीबेला यो मन्दिर पुग्नेहरूलाई गहना तथा पैसा बाँडिन्छ ।
तिहारपछि जान मान्छेले भने केही पनि पाउँदैनन् । यो प्रसाद लिनका लागि टाढाटाढाबाट मानिसहरू आउँछन् । तर यसरी पाएको प्रसाद उनीहरूले खर्च गर्दैनन्, श्रद्धापूर्वक घरैमा राख्छन् ।
सयौं वर्ष पुरानो यस मन्दिरमा चढाइएको हर चीजको हिसाब राखिन्छ । यहाँ सिसिटिभी क्यामरा लगाइएको छ भने प्रहरीले चौबीसै घन्टा पहरा दिन्छ । एजेन्सीको सहयोगमा