कोच्चि । १८ बर्षीय युवतीलाई गर्भवती बनाएको आरोपमा दक्षिण भारतको कोच्चिस्थित कालामसरी प्रहरीले १२ बर्षीय बालकलाई पक्राउ गरेका छन् ।
१८ बर्षीय ती युवतीले एक प्राइभेट अस्पतालमा बच्चा जन्मदिएको थाहापाएपछि प्रहरीले ती युवतीलाई गर्भवती बनाएको आरोपमा १२ बर्षीय एक बालकलाई पक्राउ गरेका छन् ।

ती युवतीलाई गर्भवती बनाएको आरोपमा १२ बर्षीय बालकमाथि जुवेनाइल जस्टिस एक्टको धारा ७५ अनुसार प्रहरीले मुद्दा दर्ता गराएका छन् । साथै प्रहरीले बच्चा जन्माएको उक्त अस्पतालमाथि पनि प्रोटेक्शन अफ चिल्ड्रेन फम सेक्सुअल अफसेज एक्टको उल्लंघन गरेको आरोप लगाएका छन् ।
युवती १८ बर्ष पुग्न दुई महिना बाँकी बच्चा जन्माएका ती युवतीको उमेर १८ बर्ष पुग्न दुई महिना बाँकी रहेको प्रहरीले बताइएको छ । तर अस्पताल प्रशासनले भने ती युवती १८ बर्ष नाघेको दावी गरेका छन् ।
१८ बर्षीय ती युवतीले १२ बर्षीय बालकले गर्भवती बनाएको थाहा पाएलगतै चाइल्डलाइनमा खबर गरेको अस्पताल प्रशासनले जनाएका छन् । अस्पताल प्रशासनले बच्चा जन्मेको सबै विवरण चाइल्डलाइनलाई जानकारी गराएको बताएका छन् ।
चाइल्ड वेलफेयर कमिसनले गरे अस्पताललाई समर्थन अस्पतालको भनाइप्रति समर्थन जनाउँदै चाइल्डलाइन र चाइल्ड वेलफेयर कमिसनले बच्चा जन्मेको घटना प्रहरीलाई जानकारी गराउन नपर्ने जनाएका छन् ।
उनीहरूले यस कुराको जानकारी जुवेनाइल जस्टिस एक्टमा सूचीकृत कुनै एजेन्सीलाई दिन सक्ने दावी गरेका छन् । बच्चा जन्माउने युवतीका हजुरबुबा र हजुरआमाले जन्मेको उक्त बच्चालाई हुर्काउन नसकिने भन्दै बच्चालाई चाइल्ड वेलफेयर कमिसनलाई जिम्मा लगाएका छन् ।
हाल नवजात शिशु चाइल्ड वेलफेयर कमिसनको संरक्षणमा रहेका छन् । दैनिक जागरण