
दमक । झापा जिल्लामा रहेका स्थानिय निकायहरुको पुर्नसंरचनाका विषयलाई लिएर दलहरुका विचमा विवाद चुलिदै गएको छ । विशेष गरेर झापाको माइपश्चिम क्षेत्रमा रहेका स्थानिय निकायहरुको पुर्नसंरचनाका विषयमा दलहरुका बिच बिवाद बढदै गएको हो । दमक, लखनपुर र तोपगाछीलाई मिलाएर दमक उपमहा नगरपालिकाको प्रस्ताब अघिबढाएको नेकपा माओवादी केन्द्रले आफनो अडान नछाडेपछि अहिले झापा जिल्लामा निर्माण हुने स्थानिय सरकारको इकाई संरचना निर्माणमा समस्या देखिएको छ ।
नामाकंन भन्दा पनि अहिले सिमांकनको विषयमा दलहरुका विच तिक्तता बढदैगएको छ । भौगोलिक तथा प्राबिधिक हिसाबले समेत दमक लखनपुर र तोपगाछीलाई मिलाएर दमक उपमहानगर पालिका बनानउ उपयुक्त हुने धारणा क्षेत्र बासिहरुको रहेको पाइएको छ । झापा क्षेत्र नम्बर ७ भित्र रहेका तिन गाविस धरमपुर, तोपगाछी, लखनपुर र दमक नगरपालिकालाई मिलाएर दमक उपमहानगर पालिका बनाउन उपयुक्त हुने क्षेत्रबासिहरुको भनाइ रहेको पाइएको छ ।
यसै विषयलाई लिएर नेकपा माओबादी केन्द्रले आज दमकमा सर्वपक्षिय भेलाको आयोजना गरेको थियो । भेलामा सहभागि विभिन्नदलका प्रतिनिधिहरुले दमकलाई आसपासका गाविस मिलाएर उपमहानगर पालिका बनाउन माग समेत गरेका छन । छलफलका सहभागि नेपाली कांग्रेसका महासमिति सदस्य सुरेश सुब्बाले अहिले दलहरुले आफनो क्षणिक स्वार्थको पछिलागेर दमकको भाग्य भबिष्य माथिनै खेलबाँड गरिरहेको बताए । यसैगरि राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका जिल्ला सदस्य रामचन्द्र बरालले दलहरुले क्षणिका स्वार्थलाई भन्दा पनि दमक तथा यस आसपासको गाविसहरुको दिगो भविष्यको विकाशकालागि आफनो पार्टीले दमकलाई उपमहानगर निर्माण्का लागि सैद्धान्तिक सहमति गरेको बताए ।
माओवादी केन्द्रका झापा क्षेत्र नम्बर ७ का इन्चार्ज रेवतराज पुरी (गगन) ले दमकलाई उपमहानगर पालिका बनाउने विषय अहिले मुल मुद्दा बनाएको बताए । उहाँले यदि यो वा तो वाहानामा दमकलाई उपमहानगर पालिका बन्न नदिने प्रयास गरिए आफनो पार्टी विरुद्ध समेत आन्दोलित हुने बताए । छलफललाई सर्वदलिय तथा सर्वपक्षिय भनिए पनि नेकपा एमाले र धरमपुर गाविसका कुनै पनि दलिय प्रतिनिधि तथा संघ संस्थाहरुको समेत उपस्थिती रहेको थिएन ।
हाम्राे दमकबाट ।