झापा । झापाको अर्जुनधारा नगरपालिका–६ स्थित महानन्द चोक पश्चिम ब्याडमिण्टन कभर्डहल बाहिर एक महिलाको शव फेला परेको छ । मृत्यु हुनेमा ५० बर्षीया माया कार्की मगर रहेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी सुरज कार्कीले जानकारी दिए । बिहान ब्याडमिन्टन खेल्न आउनेहरुले ती महिलाको शव देखेर खबर गरेका थिए । उत्तानो अवस्थामा रहेको महिलाको टाउकोमा चोट देखिएको छ । मृतकको माइतीको ठेगाना इलामको माई नगरपालिका–१ रहेको र अस्थायी रुपमा उनी आफन्तसंग बिर्तामोड बस्दै आएको पाइएको डीएसपी कार्कीले बताए । मृतकको शव शंकास्पद देखिएपछि कुकुर मगाएर अनुसन्धान थालिएको कार्कीले बताए । उनको हालका श्रीमान रामबहादुर मगर भएको प्रहरीले बताएको छ । प्रहरीका…
Read More