Author: खबरमञ्च
काठमाडौँ- भारतको औपचारिक भ्रमणमा रहेका प्रधान सेनापति अशोकराज सिग्देललाई भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । राष्ट्रपति भवनमा बिहीबार आयोजित विशेष सुशोभन कार्यक्रममा राष्ट्रपति मुर्मुले प्रधान सेनापति सिग्देललाई मानार्थ महारथी दर्जाबाट सुशोभित गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । नेपाल–भारतबीचको अनुपम सांस्कृतिक, धार्मिक एवं ऐतिहासिक र मित्रवत सैनिक सम्बन्धको निरन्तरता स्वरूप नेपाली सेनाका प्रधान सेनापतिलाई भारतीय सेनाको मानार्थ महारथी तथा भारतीय स्थल सेनाध्यक्षलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने विशिष्ट परम्परा रहिआएको छ । नेपाल र भारतबीच सन् १९५० देखि एक–अर्को देशका सेना प्रमुखलाई मानार्थ महारथीको दज्र्यानी चिह्न…
झापा- झापाको कमल गाउँपालिका–३ बाट अमेरिकी डलरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत कमल–३ स्थित केर्खाबाट गौरादह नगरपालिका–५ का २५ वर्षीय मोहम्मद नौसाद मियाँलाई डलरसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए। त्यहाँस्थित पूर्वपश्चिम राजमार्गमा सवारीसाधन जाँच गर्ने क्रममा दमकबाट बिर्तामोडतर्फ जाँदै गरेको प्रदेश१–०२–००१ख ९५३० नम्बरको यात्रुबाहक बसमा सवार मियाँले बोकेको झोला जाँच गर्दा स्रोत नखुलेको डलर एक सय दरका दुई सय ९७ थान फेलापरेको उनले बताए। आजको नेपाली दररेटअनुसार उक्त डलरको नेपाली रु ४० लाख ३३ हजार आठ सय ५४ रहेको छ । घटनाका सम्बन्धमा इलाका प्रहरी कार्यालय दमकबाट थप…
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभूवन विश्वविद्यालय सञ्चालन गर्न आफूले हस्तक्षेप नगरेको बताएका छन्। बिहीवार त्रिभूवन विश्वविद्यालयको नीति अधिवेशनलाई सम्बोधन गर्दै उनले विश्वविद्यालय उपकुलपतिले नै सञ्चालन गर्ने भन्दै आफूले कुनै हस्तक्षेप नगरेको बताएका हुन् । उनले विश्वविद्यालयमा साँच्चिकै मेरिटोक्रेसी लागू गर्नुपर्ने बताए । स्वायत्त संस्थाले मेरिटोक्रेसी ल्याउँदा साँच्चैको मेरिटोक्रेसी हुनुपर्ने उनको भनाइ थियो । साना कुरामा नअल्झिकन विश्वविद्यालयलाई मजबुत बनाउनुपर्ने उनको भनाइ छ । उनले भने, ‘शिक्षा क्षेत्र मुक्त मनले चल्न पाउनुपर्छ । तर मुक्त मनले चल्दा, नियम, कानून र प्रक्रियाभित्र चल्नुपर्छ । त्रिभूवन विश्वविद्यालयको सर्वोच्च संस्था भनेको सिनेट नै हो । नीति, कार्यक्रम, बजेट यसैले पास गर्दछ । स्वायत्त…
काठमाडौँ- जनकपुर बोल्ट्सले बिहीवार काठमाडौं गुर्खाजलाई हराउँदै नेपाल प्रिमियर लिग (एनपिएल) मा एक खेलअगावै प्लेअफ पुग्ने पहिलो टोली बनेको छ । त्रिवि क्रिकेट मैदानमा जनकपुरले काठमाडौंलाई पाँच विकेटले हराउँदै प्लेअफमा स्थान बनाएको हो । काठमाडौंले १०२ रनको सामान्य लक्ष्य दिएको थियो । तर जनकपुरले १५.३ ओभरमा पाँच विकेट गुमाउँदै त्यो लक्ष्य भेट्टायो । यससँगै जनकपुरले ६ खेलबाट पाँच जित निकाल्दैै १० अंक जोडेको छ । जितसँगै जनकपुर शीर्ष स्थानमा उक्लिएको छ । जनकपुरले लिगको आफ्नो अन्तिम खेलमा चितवन राइनोजसँग खेल्नेछ । यो खेलमा जित निकाले जनकपुरले पहिलो क्वालिफायरमा स्थान बनाउनेछ । काठमाडौंले अब दुई खेल खेल्न बाँकी छ । प्लेअफ…
धरान (सुनसरी)- नेवाः देय दबुले आगामी शनिबारदेखि तीन दिनसम्म यहाँ योमरी महोत्सव गर्ने भएको छ । दबुले बुधबार पत्रकार सम्मेलन गरेर धिमे नृत्यसहित महोत्सव गर्न लागेको जनाएको हो । पाँचौँ संस्करणको यो महोत्सवमा दुई सय कलाकारले नृत्य प्रस्तुत गर्ने केन्द्रीय उपाध्यक्ष अनिल मास्केले बताए । नेपालभाषी समुदायमा यमरीपुन्ही अर्थात् योमरी पूर्णिमाका दिन (चामलको पीठोबाट बनाइएको र भित्र चाकु तथा तिल राखेर विशेष प्रकारले वाष्पद्वारा पकाइएको रोटी) देवीदेवतालाई चढाएर प्रसादका रूपमा खाने चलन छ ।
काठमाडौँ- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एम्बुलेन्स दुरुपयोगसम्बन्धी सूचना प्राप्त भएमा खबर गर्न अपिल गरेको छ । मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले यदी कोही कसैबाट एम्बुलेन्सको दुरुपयोग गरिएका सूचना भएमा मन्त्रालयको विभिन्न सञ्जालमा पठाउन आग्रह गरे । त्यस्ता सूचना प्राप्त भएमा यस मन्त्रालयको ह्वाट्सएप र भाइबर नम्बरः ९८५१३३०५९२, मन्त्रालयको फेसबुक तथा एक्स(ट्विटर), मन्त्रालयको इमेल वा सोझै मन्त्रालयमा वा हुलाकमार्फत मन्त्रालयमा आफ्नो गुनासो पठाउन सकिने उनले जानकारी गराए। बिहीबार स्वास्थ्य मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै हाल देशका विभिन्न स्थानमा एम्बुलेन्स सेवाको दुरुपयोग भएको गुनासो प्राप्त भइरहेको उल्लेख गरेको छ । प्रवक्ता डा बुढाथोकीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “एम्बुलेन्स दुरुपयोग रोक्न मन्त्रालयले…
काठमाडौँ- मेडिकल व्यवसायी दुर्गा प्रसाईं धरौटी बुझाएर छुट्नेबित्तिकै फेरि पक्राउ परेका छन्। जिल्ला अदालत काठमाडौंका न्यायाधीश विष्णुप्रसाद अवस्थीको इजलासले बिहीबार प्रसाईंसँग ४० हजार धरौटी माग गरेपछि उनले धरौटी बुझाएका थिए। नेपाल प्रहरीको साइबर ब्युरोले साइबर अपराध कसुरमा प्रसाईंलाई पक्राउ गरेको थियो। उनीमाथि विद्युतीय कारोबार ऐनअन्तर्गत धरौटी माग भएको थियो। विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ अनुसार प्रसाईंमाथि साइबर ब्युरोले अनुसन्धान गरेको थियो। यसमा धरौटीमा छाड्न अदालतले आदेश दिएको थियो। धरौटी बुझाएपछि रिहा भएका प्रसाईंलाई प्रहरीले पुन: पक्राउ गरेको हो। प्रसाईंमाथि संगठित अपराध र आपराधिक लाभ लिन नहुने कसुरमा पनि अनुसन्धान भइरहेकोले उनलाई बिहीबार फेरि नियन्त्रणमा लिनुपरेको प्रहरीले जनाएको छ।
पोखरा- कास्की प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि थप अनुसन्धान गर्न ५ दिनको म्याद थप भएको छ। जिल्ला अदालत कास्कीले लामिछानेसहित चारजनालाई अनुसन्धान गर्न प्रहरीलाई ५ दिनको म्याद दिएको हो। म्याद थपका लागि बिहीबार बिहान लामिछानेसहित छविलाल जोशी,रामबहादुर खनाल र लिला पछाइलाई अदालत उपस्थित गराइएको थियो । सहकारी ठगी,सम्पत्ति शुद्धिकरण र संगठित अपराधमा अनुसन्धानका लागि लामिछानेसहित चारैजना कास्की प्रहरी हिरासतमा छन्। सहकारी ठगी प्रकरणमा लामिछानेविरुद्ध पाँच जिल्लामा उजुरी परेको थियो। उनीविरुद्ध कास्की, काठमाडौं, चितवन, रुन्देही र पर्सामा उजुरी परेको थियो। पाँचवटै जिल्लामा उनीसँग बयान लिइसकेको छ। बयान सकिएकाले प्रहरीले उनीविरुद्ध मुद्दा चलाउने तयारी गरेको छ। उनीविरुद्ध…
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई बदनाम गर्न कम्बोडियामा पैसा राखेको भ्रम फैल्याइएको बताएका छन्। सोमवार बिर्तामोडमा नेकपा एमाले झापा जिल्ला कमिटीद्वाार आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले ४/५ वर्ष अगाडिदेखि कम्बोडियामा केपी ओलीको ३२.५ अर्ब रुपैयाँ छ भनेर भ्रम फैल्याइएको बताए। व्यवसायी दुर्गा प्रसाईंप्रति लक्षित गर्दै नक्कली चिर्कटो बनाएर आफूलाई बदनाम गरेको बताए। उनले नक्कली चिर्कटो बनाउन एक करोड, ११ लाख तिरेको कुरा प्रसाईं स्वयंले स्वीकारेको पनि बताए। उनले आफ्नो विभिन्न देशका बैंकमा पैसा राखेको भ्रम फिँजाउनेहरुलाई समातेर पुष्टि गर भन्दा बदनामको लागि बोलेको स्वीकार गर्ने गरेको बताए। उनले आफू सच्चाई र इमान्दारितामा अडिग रहेको…
झापा- करिव ६ दशकदेखि भोगचलनमा रहेर पनि धनीपुर्जा नपाएका गौरादह ४ र ५ का जग्गाधनीहरुले आज प्रधानमन्त्रीको हातबाट पाएका छन् । साबिक महारानीझोडा गाविस र हाल गौरादह –४ र ५ अन्तर्गतका जग्गाधनीहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले दर्ता प्रमाणपूर्जा वितरण गरेका हुन् । गौरादह –५, स्कुलचौनस्थित शिव मन्दिर परिसरमा विशेष नापी कार्यालय झापाको आयोजनामा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले जग्गाधनीहरुलाई धनीपुर्जा वितरण गरेका हुन् । कार्यक्रममा प्रधानमन्त्री पत्नी राधिका शाक्य, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, पूर्वमन्त्री अग्नि खरेल, प्रदेश सांसद, विभिन्न राजनीतिक दलका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो । गत साउन महिनादेखि धनीपुर्जा…