Author: खबरमञ्च

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले यही मङ्सिर १७ गतेदेखि हुने आफ्नो यस पटकको औपचारिक चीन भ्रमणका क्रममा ऋणसम्बन्धी कुनै सम्झौता नहुने बताएका छन् । आसन्न चीन भ्रमणका सम्बन्धमा आज पूर्वप्रधानमन्त्रीहरु र पूर्वपरराष्ट्रमन्त्रीहरुसँगको छलफलमा प्रधानमन्त्री ओलीले ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ (बिआरआई) ऋणको परियोजना नभएको उल्लेख गर्दै चीनसँग ऋण लिने र नलिने भन्ने अहिले विवादको विषय नभएको स्पष्ट गरे । “हामीलाई आवश्यक भएमा जुनसुकै मुलुक र निकायबाट राष्ट्रिय स्वार्थका आधारमा ऋण वा अनुदान लिन सक्छौँ । ऋणको पासोमा पार्न ऋण लिइँदैछ भनेर गरिने अनावश्यक हल्लामा हामी लाग्नु हुँदैन । चीनसँग हाम्रो लामो र मित्रवत् सम्बन्ध छ । दुई देशको मित्रतालाई थप बहुआयामिक…

Read More

काठमाडौँ- अपुष्ट र भ्रमपूर्ण सामग्री प्रसारण गरी समाजलाई दिग्भ्रमित पारेको भन्दै प्रेस काउन्सिल नेपालले थप १० वटा युट्युब च्यानलसहितका सामाजिक सञ्जाल प्रयोगकर्तालाई आज कारबाही गरेको छ । तीमध्ये अधिकांश दर्ता/सूचीकरण नगरी सञ्चालित छन् । मिडियाअन्तर्गत दर्ता/सूचीकरण नभई सञ्चालित सामाजिक सञ्जाल प्रयोगकर्तालाई काउन्सिलले अनुसन्धान गरी कारबाही गर्न नेपाल प्रहरी (साइबर ब्युरो) मा पत्राचार गरेको छ । काउन्सिलले पछिल्लो समयमा कुनै मिडियासँग सम्बद्ध भएका र नभएका सामाजिक सञ्जाल विशेष गरी युट्युब च्यानल तथा फेसबुक पेजबाट सम्प्रेषित सामग्रीको विशेष अनुगमन गरिरहेको छ । सो क्रममा सामाजिक सञ्जालबाट घृणा तथा द्वेष फैलाउने किसिमबाट अपुष्ट, आधारहीन, एकपक्षीय आरोपसहितका सामग्रीमाथि अनुगमन भइरहेको सहप्रवक्ता एवं सूचना अधिकारी…

Read More

पोखरा- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । कास्की जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्बासेको एकल इजलासले ले प्रहरीलाई थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । उनीमाथि सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा पनि अनुसन्धान भइरहेको छ । यसअघि कार्तिक २५ मा उनलाई १३ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको थियो । उनीमाथि पोखराको सुर्यदर्शन सहकारीको रकम गोरखा मिडिया नेटवर्कमा लगेर अपचलन गरेको आरोपमा कास्की प्रहरीले अनुसन्धान गरिरहेको छ । रवि लामिछानेसँगै पूर्वडीआईजी छविलाल जोशी र लिला पछाईलाई पनि १५ दिन थुनामा राख्न अनुमति दिएको…

Read More

झापा- तीब्र गतिमा आइरहेको मोटरसाइकलको ठक्करबाट शिवसताक्षी नगरपालिकाको झिलझिले माध्यमिक विद्यालयमा अध्ययनरत तीनजना विद्यार्थी घाइते भएका छन् । आज बिहान अन्दाजी ११बजे शिवसताक्षी –८ स्थित भित्री सडकखण्डमा शितल चोकबाट ढुङ्गेल चोकतर्फ आउँदै गरेको प्र. १–०१–०१७ प २४०८ नम्बरको मोटरसाइकलले आफै अनियन्त्रित भइ विद्यार्थीहरुलाई ठक्कर दिएको थियो । घाइते हुनेहरुमा शिवसताक्षी ८ बस्ने सुमित्रा राईका छोरा अन्दाजी १२ वर्षका जलन राई (बाहिरी चोट नदेखिएको ,छातीमा समस्या भएको, बोल्न सक्ने ,अवस्था मध्यम) सोही ठाउँ बस्ने महेश राईका छोरा अन्दाजी ४ वर्षका योगेश राई (निधारमा चोट, बोल्न सक्ने ,अवस्था सामान्य ) र सोही ठाउँका राजकुमार राईका छोरा अन्दाजी ११ वर्षका रिजन राई (दाहिने…

Read More

झापा- पूर्वको पशुपतिनाथले परिचित झापाको अर्जुनधारा जलेश्वर धाममा आयोजना गरिएको अष्टोत्तोरशत् १०८ श्रीमद् भागवत पाठ पारायण तथा हवनात्मक महायज्ञमा मण्डप, यज्ञमण्डप, १०८ श्रीमद् भागवत पाठ पारायण कुटी, लाइट सिस्टम तथा साँझको गंगा आरती मुख्य आकर्षण बनेका छन्। शनिवार विश्व प्रसिद्ध हिन्दू धर्मगुरु कालिदास (कालिबाबा) तथा कृष्णप्रणामी धर्मगुरु मोहन प्रियाचार्यद्वारा उद्घाटन गरिएको धामको ४२ औं बार्षिक अनुष्ठानमा मण्डप, यज्ञमण्डप, श्रीमद् भागवत पाठ पारायण कुटी, लाइट सिस्टम तथा साँझको गंगा आरती मुख्य आकर्षण बनेका हुन्। देश विदेशमा रहेका हिन्दू धर्ममा आस्था तथा धार्मिक पर्यटकहरू लागि यिनै सजावट आकर्षण बनेका हुन्। धाम क्षेत्र प्रवेश गर्ने मार्ग शनिश्चरेदेखि नै प्रकाश (विजुली)को सजावटले शनिश्चरे बजार…

Read More

झापा- राष्ट्रिय चिकित्सा शिक्षा आयोगबाट स्वीकृति प्राप्त झापाको बीएण्डसी मेडिकल कलेजले चिकित्सा शास्त्रअन्तर्गत एमबिबीएस (स्नातक तह)को पठनपाठनको तयारी पूरा गरेको छ । सर्वोच्च अदालतले २०८० चैत १३ गते बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन परमादेश जारी गरेको थियो । सोही परमादेशका आधारमा काठमाडौँ विश्वविद्यालयले सम्बन्धन प्रदान गरेको हो । चिकित्सा शिक्षा आयोगले चालु शैक्षिकसत्रका लागि बीएण्डसीलाई ५० विद्यार्थी पढाउन पाउने सिट निर्धारण गरेको थियो । हाल नियमानुसार नै विद्यार्थी भर्ना चलिरहेको कलेजका जनसम्पर्क अधिकृत प्रमेश गिरीले बताए । पहिलो वर्षमा ५० विद्यार्थीलाई अध्यापन गराउन कलेजले आवश्यक जनशक्ति, भौतिक पूर्वाधार र शैक्षिक सामग्रीको व्यवस्था गरिसकेको उनले बताए। कलेजले मेचीनगर नगरपालिका–१२ धाइजनमा विद्यार्थीलाई…

Read More

झापा- विश्वप्रसिद्ध हिन्दू धर्मगुरु सन्त कालिदास (कालिबाबा)ले पूर्वको पशुपतिनाथको नामले परिचित अर्जुनधारा जलेश्वर धामको ४२ औं बार्षिक अनुष्ठानको उद्घाटन गरेका छन्। शनिवार धामसमितिले आयोजना गरेको औपचारिक कार्यक्रममा धामको बार्षिक अनुष्ठानको उद्घाटन गरेका हुन्। अनुष्ठान उद्घाटनका लागि विश्व प्रसिद्ध हिन्दुधर्म गुरु १००८ बाबा कालिदास (कालिबाबा) र मंगलधाम कालिम्पोङका धर्मगुरु मोहन प्रियाचार्य अर्जुनधारा आइपुगेका थिए। अनुष्ठानको उद्घाटन गर्दै कालिबाबाले नेपाल जहिले पनि हिन्दूराष्ट्र रहेको र फेरि पनि कायम गर्नु पर्ने बताए। कार्यक्रमलाई सम्बोधन गर्दै कृष्ण प्रणामीका धर्मगुरु मोहनप्रियाचार्यले केही राजनीतिक नेताहरूले नेपाललाई धर्मनिरपेक्ष राष्ट्र घोषणा गरिएको बताए। उनले नेपाल विश्वका हिन्दूहरूले गर्व गर्ने देश रहेको बताए। बालाचतुदर्शी मेलाको अवसरमा ४२औं वार्षिक अनुष्ठानको…

Read More

झापा- पूर्वको पशुपतिनाथको नामले परिचित अर्जुनधारा जलेश्वर धामको ४२ औं बार्षिक अनुष्ठानको शनिवार (आज) उद्घाटन हुँदैछ। अनुष्ठान उद्घाटनका लागि विश्व प्रसिद्ध हिन्दुधर्म गुरु १००८ बाबा कालिदास (कालिबाबा) र मंगलधाम कालिम्पोङका धर्मगुरु मोहन प्रियाचार्य अर्जुनधारा आइपुगेका छन्। बालाचतुदर्शी मेलाको अवसरमा ४२औं वार्षिक अनुष्ठानको आयोजना गरी पाँच लाख बढी धार्मिक पर्यटक भित्र्याउने लक्ष्य राखिएको धाम समितिले जनाएको छ । आज ११ बजे कलस यात्रा र त्यसपछि औपचारिक उद्घाटन समारोह हुने धाम समितिले जनाएको छ। धाम व्यवस्थापन समितिका कोषाध्यक्ष मनोज जोशीका अनुसार आगामी मंसिर १५ गतेसम्म महायज्ञ हुनेछ। विश्वशान्ति तथा पितृ उद्धारका लागि आयोजित महायज्ञमा आन्तरिक तथा बाह्य गरी पाँच लाख भन्दा बढी…

Read More

झापा- झापाको अर्जुनधारा जलेश्वरधाममा सशस्त्र प्रहरीले सरसफाई गरेको छ । बालाचतुर्दशीको अवसर पारेर भोली शनिबारबाट धाममा ४२ औं अनुष्ठान हुँदैछ । अनुष्ठानको पूर्व सन्ध्यामा शुक्रबार सशस्त्र प्रहरीले सरसफाई गरेको हो ।  बिश्वशान्ति तथा पितृ उद्धारको कामनासहितच १०८ अष्टोतरशत आयोजना गर्न लागिएको अनुष्ठानको सम्पूर्ण तयारी समपन्न भएको धाम समितिले जनाएको छ । अन्तर्राष्ट्रिय कथा व्यास तथा १८ पुराणका प्रवक्ता, धर्मदर्शन फाउण्डेसन नेपालका संस्थापक अध्यक्ष कुवेर सुवेदीको प्रमुख वाचकत्व र जलेश्वर धामका मूल अर्चक अग्निप्रसाद सिग्देलको वाचकत्वमा महापुराण सम्पन्न हुनेछ । धामले यो बर्षको बालाचतुर्दशीलाई विगतका दिनभन्दा भब्य बनाउने तयारी गरेको छ । धाममा आयोजना हुने एक सय आठ श्रीमद् भागवत पाठ…

Read More

झापा- दश दिनअघि आगलागीमा परी घाइते भएकी बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेकी आमाको उपचारका क्रममा निधन भएको छ । गएराति ९.४५ बजे भारतको सिलिगुडीमा उपचारका क्रममा न्यौपानेकी आमा अन्दाजी ८५ वर्षीया पुष्पलता न्यौपानेको निधन भएको हो । गत कात्तिक २७ गते हरिबोधनी एकादशीका दिन एकादशीको पूजा गर्दा दियोको आगो सल्किएर उनी घाइते भएकी थिइन् । पूजा गर्ने क्रममा दियोको आगो उनको कपडामा सल्किएको थियो । घाइतेलाई उपचारका लागि बिर्तासिटी अस्पताल बिर्तामोडमा भर्ना गरिएको थियो । त्यहाँ उपचार संभव नभएपछि भारतको सिलिगुडी लगिएको थियो । स्वास्थ्य अबस्था गंभीर भएपछि हिजोदेखि उनलाई भेन्टिलेटरमा राखिएको थियो ।

Read More