Author: खबरमञ्च
झापा- पूर्वराजा ज्ञानेन्द्र शाहको समर्थनमा राजावादीहरुले सशक्त आन्दोलन गरेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौंका केही ठाउँमा निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जारी गरेको आदेशमा फागुन २५ गते आइतबारदेखि लागू हुनेगरी २ महिनासम्मका लागि केही ठाउँमा निषेधाज्ञा जारी गरेको उल्लेख छ । शीतल निवास (राष्ट्रपति कार्यालय) महाराजगञ्ज क्षेत्र, हरित गृह (उपराष्ट्रपति कार्यालय) लैनचौर क्षेत्र, सिंहदरबार क्षेत्र, प्रधानमन्त्री निवास बालुवाटार क्षेत्र, प्रधानमन्त्री निवास बालुवाटार क्षेत्र, संसद् भवन नयाँ बानेश्वर क्षेत्रमा ५ जनाभन्दा बढी व्यक्ति भेला जम्मा भई अनशन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभाजस्ता विरोधका कार्यक्रम गर्न निषेध गरिएको हो । कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका कार्यालय, अति…
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई लक्षित गर्दै जुलुस निकाल्दा विदेशीको तस्बिर राख्नुपर्ने दयनीय अवस्थामा आफूहरू नरहेको टिप्पणी गरेका छन् । सोमवार गैरसरकारी संस्था महासंघको ११ औं महाधिवेशन तथा नागरिक सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो टिप्पणी गरेका हुन् । पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं फर्किंदा स्वागतका लागि जम्मा भएका राजावादी समर्थकहरूले आफ्नो प्रदर्शनमा भारतीय नेता तथा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको तस्बिर प्रयोग गरेका थिए । सोही तस्बिरहरूलाई लिएर एमाले र राप्रपाका नेताहरूबीच आरोप-प्रत्यारोप पनि भएका छन्। असंवैधानिक, प्रजातन्त्र विरोधी, पद्धति विरोधी र प्रणाली विरोधी कुरामा लाग्न आफूहरूलाई फुर्सद नभएकोसमेत ओलीले बताए । उनले दरबार हत्यकाण्ड अझै…
काठमाडौं- परराष्ट्रमन्त्री आरजु राणा देउवा भारत प्रस्थान गरेकी छन्। भारतको झारखण्डस्थित बाबा बैद्यनाथ धाममा पूजाआजाका लागि परराष्ट्रमन्त्री राणा सोमबार भारत प्रस्थान गरेकी हुन्। मन्त्री राणालाई परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई र मन्त्रालयका अधिकारीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेका थिए। परराष्ट्रमन्त्री राणा भारतको विदेश मन्त्रालयले मार्च १७ देखि नयाँ दिल्लीमा आयोजना गर्ने राइसिना डायलगमा सहभागी हुने कार्यक्रम छ। भारत सरकारको निमन्त्रणामा उक्त डायलगमा मन्त्री राणासहित विश्वका विभिन्न देशका प्रधानमन्त्री तथा विदेशमन्त्रीहरूको सहभागिता रहनेछ।
काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौं महानगरपालिकालाई जरिवाना बुझाएको छ । पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत गर्ने क्रममा सडकमा फोहोर र बिरुवामा क्षति गरेको भन्दै महानगरले तोकेको एक लाख जरिवाना वापतको रकम राप्रपाले महानगरलाई बुझाएको हो । संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले महानगर प्रहरीको टोलीलाई भेटेर जरिवाना वापतको रकम बुझाए । पूर्वराजाको स्वागतका क्रममा आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गेटनजिक, तिलगंगा, गौशालालगायत सार्वजनिक क्षेत्रमा भौतिक क्षति पुग्नुका साथै जथाभाबी फोहोर गरिएको भन्दै काठमाडौं महानगरले राप्रपालाई जरिवाना गरेको थियो।
झापा- झापा बाह्रदशीको चर्चित राजेश हत्याकाण्डका मुख्य अभियुक्त गणेश राजवंशीले विदेशबाट आएर अदालतसमक्ष आत्मसमर्पण गरेका छन् । हत्या गरेर दुबई भागेका २० वर्षीय गुड्डु अर्थात गणेश भनिने राहुल राजवंशीले गत मंसिर १० गते झापा जिल्ला अदालतमा आत्मसमर्पण गरेका हुन् । अदालतले उनलाई पुर्पक्षको लागि झापा कारागार चलान गरेको छ । प्रहरीले यसअघि राजेशको हत्यामा संलग्न मुना मेचे राजवंशी , उनका देवर समीर र भतिज नरेशलाई पक्राउ गरी कार्वाही अघि बढाएको थियो । दुबईमै पक्राउ गर्ने प्रयास भइरहेपछि उनले घर फर्किएर आत्मसमर्पण गरेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टले बताए । गत जेठ १५ गते राति हजामलाई हत्या गरेर बिरिङ…
बिराटनगर- झापा र मोरङबाट लागुऔषध सहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । फागुन २५ गते मोरङको बिराटनगर-१५ स्थितमा लागूऔषध नियन्त्रण व्युरो विराटनगर र इलाका प्रहरी कार्यालय रानी (सिमा)बाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारतबाट नेपालतर्फ आउदै गरेको पैदल यात्री बेलबारी-११ का २७ बर्षीय विशाल गुरुङ र सुनसरी इटहरीका १९ बर्षीय आर्यन राजधामीलाई १० ग्राम १३१ मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको छ । त्यसैगरी इलाका प्रहरी कार्यालय सिजुवाले रतुवामाइ-४ का २५ बर्षीय सुरज ताजपुरीया, २६ बर्षीय बिक्रम चौधरी र २६ बर्षीय अशोक गुरुङलाई २०० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ, भने प्रतिबन्धित लागुऔषध Pyeevon Spas Plus २८८ ट्याब्लेट सहित बुढीगंगा-५ का…
सुदूरपश्चिम- नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकार सञ्चालनमा दलहरूबीच कुनै समस्या नरहेको बताएका छन्। सोमबार धनगढी विमानस्थलमा पत्रकारसँग सङ्क्षिप्त कुरा गर्दै देउवाले अहिलेको गठबन्धन २०८४ सम्म कायम रहने स्पष्ट पारे । अर्को एक प्रश्नमा देउवाले राजतन्त्रका पक्षमा अहिले हल्ला मात्र भइरहेको बताए। उनले भने, “कुनै माहोल मैले देखेको छैन, त्यो हल्ला मात्र हो, हल्ला गरेर केही हुँदैन ।” कांग्रेस सभापति देउवा सहितका नेता पार्टीको सुदूरपश्चिम प्रदेशस्तरीय सम्मेलनमा सहभागी हुन सोमबार धनगढी पुगेका हुन् ।
झापा- करिव दुई साताअघि आगलागीमा परी घाइते भएका झापा मेचीनगर नगरपालिका वडा न. ४ आमडाँगी बस्ने ५१ वर्षीय बिरेन्द्रराज राईको उपचारका क्रममा मृत्यु भएको छ । गत फागुन ९ गते राति ९ः१० बजे घरको पुजा कोठामा अचानक विद्युत सर्ट भई कोठाभित्र सल्किएको आगो निभाउने क्रममा राई घाइते भएका थिए । दुवै हात, दुवै खुट्टा र अनुहारमा आगोले पोलेर घाइते भएका राईलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड लगिएको थियो । त्यहाँ सामान्य उपचारपश्चात् थप उपचारको लागि बिराटनगरस्थित विराट नर्सिङ होममा लगिएकोमा आइतबार बिहान ३ः३० बजे उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
काठमाडौँ- पूर्वराजा ज्ञानेन्द्र शाह पश्चिम नेपालको केही समयको भ्रमण पूरा गरी आइतबार काठमाडौँ फर्किएका छन्। त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट बाहिरिने क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायत राजनीतिक दलका नेता तथा कार्यकर्तासहित पूर्वराजा समर्थित व्यक्ति तथा सङ्घसंस्थाले उनलाई स्वागत गरेका थिए । पूर्वराजाको स्वागतमा विमानस्थलको मूल ढोकाबाहिर उभिएका अधिकांशको हातमा राष्ट्रिय झन्डा देखिन्थ्यो । राप्रपासहित पूर्वराजा समर्थित विभिन्न समूहको आह्वानमा भएको यस किसिमको कार्यक्रमबाट विमानस्थल–चक्रपथ क्षेत्रको यातायात व्यवस्था प्रभावित भएको थियो । विमानस्थल क्षेत्रको संवेदनशील पक्षलाई दृष्टिगत गरी सुरक्षा व्यवस्था कडा गरिएको थियो । पोखरा केन्द्रित भई आसपासका क्षेत्रको धार्मिक भ्रमणमा निस्कनुभएका पूर्वराजा ज्ञानेन्द्र पोखराबाट काठमाडौँ फर्केका हुन्।
झापा- राजावादीहरू जुर्मुराउन थालेपछि माओवादी केन्द्रले हुलाकी राजमार्ग केन्द्रित तराई मधेश जागरण अभियान स्थगित गरेको छ । झापाको कचनकबलबाट फागुन १२ देखि सुरु भएको जागरण अभियान शनिवार रौतहट पुगेको थियो । माओवादीका एक पदाधिकारीका अनुसार संघीय लोकतान्त्रिक गणतान्त्रिक प्रणालीविरुद्ध भइरहेका गतिविधिको प्रतिवाद गर्न र संसद्को कामकारबाहीलाई प्रभावकारी बनाउन एक महिने अभियान स्थगित गरिएको हो । ‘संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध गतिविधि गरेर अराजकता मच्चाउन खोजेको देखियो । यसको प्रतिवाद गर्नु अहिलेको आवश्यकता हो,’ ती पदाधिकारीले भने, ’ संसद्का काम प्रभावकारी बनाउन हाल राजनीतिक अभियान स्थगित गरिएको हो ।’ अभियानका लागि अर्को तालिका बनाइने उनले बताए । झापाको कचनकवलदेखि सुरू भएको ‘लङमार्च’ रौतहटमा…