Author: खबरमञ्च

काठमाडौँ।  क्रिकेटर सन्दीप लामिछानेलाई विदेश गएर क्रिकेट खेल्न सर्वोच्चले अनुमति दिएको छ।  सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले सोमबार सन्दीपलाईविदेश जान दिने निर्णय गरेको हो। लामिछानेले आफूलाई क्रिकेट खेल्न जान दिनुपर्ने माग गर्दै निवेदन दिएका थिए भने महान्यायाधीवक्ताको कार्यालयलेभने सन्दीपलाई थुनामा राखेर अनुसन्धान गर्नपर्ने भन्दै निवेदन दिएको थियो। नाबालिग बलात्कार आरोप लागेकाकारण लामिछाने निकै विवादित बनेका थिए।

Read More

काठमाडौं । नेकपा एमालेका मन्त्रीहरूले राजीनामा बुझाएका छन् । बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष एमालेका ८ जना मन्त्रीहरूले राजीनामा दिएका हुन् । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको नेतृत्वमा एमालेका ८ जना सरकारमा गएका थिए । राजीनामा दिने अन्य मन्त्रीहरूमा परराष्ट्रमन्त्री विमला राई पौड्याल, भूमि सुधार, सहकारी तथा गरिबी निवारणमन्त्री राजेन्द्रकुमार राई, कृषिमन्त्री ज्वाला कुमारी साह, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी, सहरी विकास मन्त्री दामोदर भण्डारी र स्वास्थ्यमन्त्री पदम गिरी र रक्षामन्त्री हरी उप्रेती छन् । एमालेको सोमबार बसेको सचिवालय बैठकले प्रधानमन्त्रीमाथिको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिने निर्णय गरेको थियो ।

Read More

काठमाडौं । नेकपा एमालेले सरकारबाट बाहिरिने निर्णय गरेको छ । पार्टी मुख्यालय च्यासलमा बसेको सचिवालयको आकस्मिक बैठकले पार्टी सरकारबाट बाहिरिने निर्णय गरेको हो । बैठकको निर्णय जानकारी गराउँदै उपाध्यक्ष विष्णु पौडेलले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने बताए।

Read More

भद्रपुर । मछिन्द्र फुटबल क्लब झापामा जारी मुस्ताङ प्रथम भद्रपुर झापा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । अब मछिन्द्रले उपाधिका लागि विभागीय टोली त्रिभुवन आर्मीसँग मंगलबार भिड्नेछ । फाइनल प्रवेशसँगै मछिन्द्रले कम्तिमा ७ लाख रुपैयाँ पक्का गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आइतबार भएको दोस्रो सेमिफाइनल खेलमा विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ फुटबल क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै मछिन्द्र उपाधि नजिक पुगेको हो । मछिन्द्रका लागि कप्तान सुजल श्रेष्ठले गोल गरे । श्रेष्ठको गोल नै निणर्ायक बन्यो । खेलको १७ औँ मिनेटमा डिबक्सभित्र आन्दे्रस नियाको चलाखीपूणर् पासलाई सदुपयोग गर्दै श्रेष्ठले जाली चुमाएका थिए । दर्शकले भरिभराउ रंगशालामा गत…

Read More

काठमाडौं । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा साझा उम्मेदवार उठाउने सहमति गरेका नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) लगायत आठ दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरुको बैठक राष्ट्रपतिको निर्वाचनलगायत समसामयिक राजनीतिक विषयमा केन्द्रित हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत शीर्ष नेताको उपस्थिति रहेको छ । गत शुक्रबार बसेको आठ दलको बैठकले कांग्रेसको उम्मेदवारलाई आगामी राष्ट्रपतिको निर्वाचनमा समर्थन गर्ने निर्णय गरेको थियो ।

Read More

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालको स्वीट्जरल्याण्ड भ्रमण रोकेका छन् । परराष्ट्र मन्त्री पौड्याल मानवाधिकार परिषद्को ५२औँ सत्रमा भाग लिन आज स्वीट्जरल्याण्डको जेनेभा प्रस्थान गर्ने तयारीमा थिइन् । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी त्यसतर्फ जान लागेकी थिइन् । नेपाल मानवाधिकार परिषद्को सदस्य राष्ट्र भएकोले नेपालले गरेका प्रतिबद्धता र त्यसमा गरेका कामबारे समेत अवगत गराउने परराष्ट्र मन्त्रालयले जनाएको थियो । मन्त्री डा. पौड्यालको भ्रमण नेपालको उपस्थिति र यस क्षेत्रमा नेपालले गरेका प्रगति र कामका बारेमा विश्व मञ्चमा जानकारी गराउनका लागि पनि यसपटकको सहभागिता महत्वपूर्ण हुने बताइएको थियो । नेपालले सङ्क्रमणकालीन न्यायसँग जोडिएका विषय र गरेका…

Read More

काठमाडौं । अभिनेता पूर्णविक्रम (पल) शाहलाई अभियोग दाबी नपुग्ने भन्दै उच्च अदालत पोखराले सफाइ दिएको छ । बालयौन दुराचारको मुद्दामा नवलपुर अदालतको फैसलापछि तनहुँ कारागारको थुनामा रहेका नायक शाहलाई उच्च अदालत पोखराले सफाइ दिएको हो । न्यायाधीशद्वय डिल्लीराज आचार्य र श्रीधराकुमारी पुडासैनीको इजलासले अभियोग दाबी नपुग्ने भन्दै आज सफाइ दिएको हो । शाहका कानुन व्यवसायी कमलामोहन वाग्लेले शाहले सबै अभियोगबाट पूर्ण सफाइ पाएको र भोलि रिहा हुने बताएका छन् । नाबालिगलाई यौन दुराचार गरेको अभियोगमा नवलपुर जिल्ला अदालतले शाहलाई दुई वर्ष छ महिना कैद र रु १० लाख क्षतिपूर्तिको फैसला सुनाएकामा उच्च अदालत पोखरा सफाई दिएको हो । उक्त फैसलाविरुद्ध…

Read More

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेले सर्वोच्च अदालतमा दायर गरेको मुद्दा भोलिका लागि हेर्दाहेर्दैमा राखिएको छ । न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासमा बहस नसकिएपछि मुद्दा भोलिका लागि हेर्दाहेर्दैमा राखिएको हो  । बलात्कार आरोपित लामिछानेले उच्च अदालतको प्रतिबन्धात्मक आदेशविरुद्ध सर्वोच्चमा मुद्दा दायर गरेका थिए ।  सन्दीपले दायर गरेको मुद्दासँगै नेपाल सरकारले उच्च अदालतले धरौटीमा छाड्ने आदेशविरुद्ध दायर गरेको मुद्दा पनि लगाउमा राखेर सुनुवाइ गरिएको थियो  । गत शुक्रबार ईश्वरप्रसाद खतिवडाको एकल इजलासले दुवै मुद्दालाई लगाउमा राखेर सुनवाइ गर्न आदेश दिएका थिए ।

Read More

झापा । झापाको बिर्तामोडमा सञ्चालित अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सवको सयमावधि तीन दिन थप गरिएको छ । उपभोक्ता र अबलोकनकर्ताको आग्रहलाई मध्यनजर गर्दै महोत्सव आयोजक समितिले मेलाको समयावधि तीन दिन थप गर्ने निर्णय गरेको महोत्सव मूल आयोजक समिति संयोजक राजु न्यौपानेले बताए । गत फागुन ५ गतेदेखि सञ्चालित महोत्सव अब फागुन १८ गतेसम्म सञ्चालन हुने छ । महोत्सवमा सुप्रशिद्ध राष्ट्रिय कलाकारहरु दिपक बज्राचार्य, प्रमोद खरेल, गिरिस खतिवडा, रचना रिमाल र जी- बबको साङ्गीतिक प्रस्तुती रहने महोत्सव समितिका सचिव कुशल खतिवडाले जानकारी दिए । आयोजक समितिका अनुसार फागुन १६ गते जी-बव र रचना रिमाल, १७गते दिपक बज्रचार्य तथा १८ गते प्रमोद खरेल…

Read More

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले धोका दिएको बताएका छन् । काठमाडौंमा भएको कार्यक्रममा ओलीले देश, जनता र सहयोद्धालाई धोका दिएका प्रचण्डले यसपटक आफूलाई पनि धोका दिएको बताए । ओलीले भने, ‘उहाँले सबैलाई त धोका दिँदै आउनुभएको छ । मलाई धोका दिनु कुन ठूलो कुरा भो र उहाँका लागि ।’ लोकतान्त्रिक सरकार बनाउँ र जनताका समस्या समाधान गर्ने गरि अघि बढ्न प्रयास गरेको तर प्रचण्डकै कारण त्यो प्रयास असफल भएको ओलीको दाबी थियो ।

Read More