Author: खबरमञ्च
काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले सरकार र नीजि क्षेत्रको साझा प्रयास बिना आर्थिक विकास सम्भव नहुने बताएका छन् । नेपाल चेम्बर अफ कमर्सको ७२ औं वार्षिक साधारण सभामा मन्त्री महतले नीजि क्षेत्रलाई ‘इन्जिन अफ ग्रोथ’को रुपमा लिएको बताउँदै सरकारको मात्रै एकल प्रयास बिना आर्थिक क्षेत्रको सुधार हुन नसक्ने बताए । उनले भने,‘सरकार र नीजि क्षेत्रको संयुक्त प्रयास विना आर्थिक प्रगति हुन सक्दैन । समृद्धि प्राप्त गर्न नीजि क्षेत्र र सरकार अलग बाटो हिँडेर सम्भवन छैन । त्यसो हुँदा सरकारले नीजि क्षेत्रलाई ‘इन्जिन अफ ग्रोथ’को रुपमा लिएको छ । समस्या छन् । हामीले बुझेका छौं । लगानिकर्तामा समस्या आएको छ ।…
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले आफ्नो दलका प्रतिनिधिसभा सदस्य ढाकाकुमार श्रेष्ठको अडियो सार्वजनिक भएको प्रकरणका लागि संघीय संसदमा माफी मागेका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सो घटनाले प्रतिनिधिसभा सदस्यको सम्मानमा परेको चोटप्रति माफी मागेका हुन् ।उनले उक्त घटनाबाट पार्टी विचलित नहुने बताउँदै राष्ट्रिय पार्टीहरु यस्ता घटनाबाट टाढा रहनुपर्ने टिप्पणी गरे । ‘प्रतिनिधिसभा सदस्यहरुलाई हाम्रो प्रतिनिधिसभा सदस्यमार्फत घटेको घटनाले तपाईहरुको सम्मानमा परेको चोटप्रति क्षमा चाहन्छौं । संसदको गरिमा बढाउने रास्वपाको अभियानमा हामी अक्षुण रहनेछौं । यो घटनाले विचलित हुने छैनौं भन्ने जानकारी गराउँन चाहन्छु । राष्ट्रिय पार्टीहरु यस्ता घटनाबाट टाढा रहनुपर्छ ।’ परियारले यस्तो…
काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार नेपाली बजारमा आज सुन र चाँदीको मूल्य घटेको छ। आइतबार स्थिर रहेको सुन सोमबार ७०० रुपैयाँले घटेको महासङ्घले जनाएको छ । आज छापावाल सुन प्रतितोला १ लाख ९ हजार ३०० रुपैयाँ कायम भएको छ । आइतबार छापावाल सुन प्रतितोला १ लाख १० हजार रुपैयाँमा खरिदबिक्री भएको थियो । तेजाबी सुनको मूल्य तोलाको १ लाख ८ हजार ८०० सय रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ तोलामा १० रुपैयाँले घटेर एक हजार ४ सय ३० रुपैयाँ कायम भएको छ ।
झापा । नेकपा एमाले केन्द्रीय सल्लाहकार एवं पूर्व पोलिटव्युरो सदस्य नरेश खरेलले पार्टी परित्याग गरेका छन् । सोमबार झापाको बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरेर खरेलले नेकपा एमाले परित्याग गरेको घोषणा गरेका हुन् । २०२८ को झापा बिद्रोहका योद्धा खरेल एमाले अध्यक्ष केपी शर्मा ओलीका सहयात्री हुन् । तर, पछिल्लो समय एमालेको नेतृत्वप्रति उनको तीब्र असन्तुष्टि थियो । यसअघि प्रदेश कमिटीका सहइञ्चाज पनि रहेका थिए । उनले एमालेले नेपालमा समृद्धि ल्याउन नसक्ने दाबी गरे । पार्टीमा स्वेच्छाचारी प्रवृत्तिको सुधारका लागि आफूलगायत अन्य कार्यकर्ताबाट अनेकौं प्रयास गरिए पनि आफूहरूलाई पार्टी नेतृत्वले तिरस्कार गरेको खरेलको दाबी थियो ।
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सिंहदवारको फोहोर नउठाउने काठमाडौं महानगरपालिकाको घोषणापछि उत्पन्न समस्यालाई छिटो भन्दा छिटो सल्ट्याउन आग्रह गरेका छन् । सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै उनले महानगरको आफ्नो माग सुनुवाई गर्ने शैली प्रति आपत्ति जनाए । उनले यो विषय ज्यादै संवेदनशील विषय भएको कारणले यो विषय सल्ट्याउन आवश्यक भएको बताए । ‘बागदवार र सिंहदवारबीच टकराव देखिएको छ । महानगरपालिकाले फोहोर नउठाउने भनेपछि एउटा निर्वाचित प्रतिनिधि तथा स्थानीय सरकारका प्रमुखले असहमति प्रकट गर्दा अत्यावश्यक सेवा अवरोध गरेर आफ्नो माग सुनुवाई गर्ने शैली प्रयोग भएको भाषा लवज यो ठीक हो कि होइन् यसको बारेमा छलफल…
काठमाडौं । भक्तपुरको बिस्काजात्रा आजबाट सुरु हुँदैछ । आठ रात नौ दिनसम्म मनाइने यो जात्रा नेवार समुदायको महत्वपूर्ण पर्व हो । आज भक्तपुरको पाँचतले मन्दिर अगाडिबाट भैरवनाथको रथ तानातान गर्दै जात्राको सुरुवात गरिने प्रचलन रहेको छ । भैरवनाथ मूल देवता र बेताल देवता रहेको उक्त रथमा पाँचतले मन्दिरबाट माथिल्लो र तल्लो क्षेत्रमा तानेर लैजाने परम्परा छ । विस्का जात्रा नयाँ वर्षको चार दिनअघि सुरु हुन्छ भने वैशाख ५ गते समापन गरिने प्रचलन रहेको छ ।
काठमाडौँ । नेकपा (एमाले)को भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालको नवौँ राष्ट्रिय महाधिवेशन आजदेखि शुरु हुँदैछ । महाधिवेशनको उद्घाटन माउ पार्टी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन् । नवौँ राष्ट्रिय महाधिवेशन आयोजक समितिले आइतबार नेपालगञ्जमा पत्रकार सम्मेलन गर्दै सोमबार चैत २७ देखि २९ गतेसम्म हुने महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो । पत्रकार सम्मेलनमा एमाले युवा विभाग इन्चार्ज महेश बस्नेतले समग्र युवा आन्दोलनको समीक्षा गर्दै युवालाई सामाजिक रुपान्तरण गर्न महाधिवेशनले मार्गनिर्देश गर्ने बताए । महाधिवेशनबाट कुनै प्रदेशमा धेरै पदाधिकारी, केन्द्रीय सदस्य पर्ने र कुनै प्रदेशमा कोही पनि नपर्ने परिपाटीको अन्त्य गर्दै महिला प्रतिनिधित्व ३३ प्रतिशत सुरक्षित गरिने उनले दाबी…
काठमाडौँ । प्रतिनिधिसभा बैठक आज १ बजे बस्दैछ । संघीय संसदको सचिवालयका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महान्यायधिवक्ताको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ । यसैगरी, सञ्चार तथा सुचना प्रविधि मन्त्री रेखा शर्माले राष्ट्रिय सभावाट सन्देश सहित प्राप्त सेवा प्रसारण विद्येयक २०७८ माथी विचार गरियोस भन्ने प्रस्ताव पेश गर्ने कार्यसुची रहेको संसद सचिवालयले जनाएको छ ।
धादिङ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली धादिङको पर्यटकीय सुन्दर गाउँ रुबीभ्याली पुगेका छन् । पत्नी राधिका शाक्यसहित त्यहाँ पुगेका ओलीले उक्त क्षेत्रका ठाउँबारे पत्नी शाक्यलाई जानकारी गराएका छन्। सचिवालयले सार्वजनिक गरेको तस्बिरमा ओलीले त्यहाँका डाँडाहरु चिनाउँदै गरेको देखिन्छ। मिसन ग्रासरुट अभियानअन्तर्गत त्यहाँ पुगेका ओलीले त्यहाँ आयोजित कार्यक्रमलाई सम्बोधनसमेत गरेका छन्।
काठमाडौं । पैसा माग्दै गरेको अडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद ढाका कुमार श्रेष्ठमाथि छानविन गर्ने भएको छ । व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड बार्गेनिङ गरेको अडिओ सार्वजनिक भएपछि सत्यतथ्य छानबिन गरी ३ दिनभित्र केन्द्रीय समितिमा प्रतिवेदन पेश गर्न पार्टीको केन्द्रीय अनुशासन तथा आचरण समितिलाई निर्देशन दिएको प्रवक्ता मुलुक ढकालले बताए । छानबिन पूरा नभएसम्मका लागि सांसद तथा पार्टीको साधारण सदस्यका हैसियतले समेत कुनै पनि काम कारबाही नगर्न नगराउन निर्देशन दिएको उनले बताए । केन्द्रीय अनुशासन तथा आचरण समितिद्वारा यस सम्बन्धमा २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न श्रेष्ठलाई निर्देशन समेत दिएको छ ।