Author: खबरमञ्च
काठमाडौं । सरकारले टीकापुर घटनामा दोषी ठहर भएका पूर्वसांसद रेशम चौधरीको बाँकी कैद सजाय माफी गर्ने प्रक्रिया अघि बढाएको छ । सजाय माफी माग गरिएको चौधरीको निवेदन गृह मन्त्रालयमार्फत राष्ट्रपति कार्यालय पुगेको छ । चौधरीको निवेदन लिएर राष्ट्रपति कार्यालय पुगेका प्रधानमन्त्री पुष्पकमल दाहालसहितको टोलीले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटेर संविधान र कानूनबमोजिम चौधरीलाई गणतन्त्र दिवसका दिन सजाय माफी दिने प्रक्रियाबारे छलफल गरेका थिए । राष्ट्रपति कार्यालयको राय लिएपछि गृह मन्त्रालयले सजाय माफीको प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने छ । मन्त्रिपरिषद्ले निर्णय गरेर सिफारिस गरेपछि मात्रै राष्ट्रपतिले गणतन्त्र दिवसको अवसरमा आममाफी दिने निर्णय हुन सक्छ । २०७२ भदौमा ७ जना सुरक्षाकर्मी र एक नाबालकको…
काठमाडौँ । यसअघिका राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गर्न अस्वीकार गरेको नागरिकता विधेयक वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलले स्वीकृत गर्ने प्रक्रिया अघि बढाउन मिल्छ कि मिल्दैन भन्ने विषय अहिले बहसको विषय बनेको छ । २०६३ सालमा बनेको नागरिकता ऐन संशोधन गर्न बनेको सो विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले तत्काल अघि बढाउनुपर्ने सत्ता गठबन्धनको बैठक र संसदमा चर्चा भएसँगै त्यसको कानुनी हैसियतबारे प्रश्न उठ्न थालेको हो । यस विषयमा संविधान पनि मौन रहेकाले कानुनविद्हरूको पनि फरकफरक राय रहेको छ । केही दिनअघि सत्ता गठबन्धन दलका नेताहरूले भेटेर राष्ट्रपति पौडेलसमक्ष ध्यानाकर्षण पनि गराएका थिए । संघीय संसदले दुई-दुई पटक पारित गरेर पठाएको विधेयक यसअघिका राष्ट्रपति विद्यादेवी…
काठमाडौं । नेपाली कांग्रेस कोशी प्रदेशले प्रदेश नामकरणको विषय वार्ताको माध्यमबाट समाधान गर्न आग्रह गरेको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै आन्दोलनरत प्रदेश नं १ नामांकन संघर्ष समितिलाई वार्तामा बोलाई उचित मागहरूलाई सम्बोधन गर्न ध्यानाकर्षण गराएको हो । विज्ञप्तिमा लेखिएको छ ‘आन्दोलनरत सम्पूर्ण साथीहरुलाई शान्तिपूर्ण, संयमित र मानव अधिकारको उल्लंघन नहुने गरि आफ्ना जायज मागहरु राख्न आग्रह गर्दछौं । अघिल्लो प्रदेशसभाबाट नेपालका ६ वटा प्रदेश सरकारले आफ्नो नाम र राजधानी तोकिसकेका थियो । तर तत्कालीन प्रदेश नं. १ ले नाम राख्नैपर्ने भएकाले साझा सहमतिबाट कोशी प्रदेश नामाकरण गरियो ।’ आन्दोलनरत पक्षलाई प्रदेश सरकारको तर्फबाट धरपकड गर्ने, कर्फ्यू लगाउने, गोली…
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आम नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउने धन्दामा राज्यकै निकायमा रहेकाहरूको संलग्नता देखिनुले सबैको शिर निहुरिएको बताएका छन् । तर, सबै दोषी विरुद्ध कारबाही हुने उनको प्रतिवद्धता छ । बिहीबार गृह मन्त्रालयमा नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघको ज्ञापनपत्र बुझ्दै नक्कली भुटानी शरणार्थी प्रकरणलाई निष्कर्षमा पुर्याइ छाड्ने मन्त्री श्रेष्ठले बताए । उनले भने,‘आफ्नै देशको नागरिकलाई अनागरिक बनाएर अर्काको देशको शरणार्थी बनाई विदेश पठाउने योजना बनाउनु दुखद् हो । सम्पत्ति आर्जन गर्ने उद्येश्य यहाँ जोडियो । हामी लज्जित छौं। राज्यकै निकायमा भएको मानिसहरूबाट नै यो प्रकारको काम भयो । अनुसन्धान प्रक्रियालाई अगाडि बढाएर अहिले मुद्दा…
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले घण्टीलाई बजाउन मात्र होईन घण्टीले बजाउन पनि मिल्छ भन्दै चेतावनी दिएका छन् । बारम्बार आफुमाथि मुद्दा पर्न थालेपछि त्यस्को प्रतिक्रिया स्वरुप बिहीबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै लामिछानेले मान्छेलाई इरिटेट गर्ने पनि सीमा हुन्छ नी भन्दै आफ्नो आक्रोश नै पोखेका छन् । उनले लेखेको छन्, ‘मुद्दा हाल्नु र मुद्दा हाल्ने उद्योग चलाउनु दुई अलग कुरा हुन् । मान्छेलाई इरिटेट गर्ने पनि सीमा हुन्छ। १) सर्वोच्च अदालतको मिति २०७९/१०/१३को फैसलाको प्रकरण नं.२२, २८ र ३२ मा मैले अमेरिकी नागरिकता परित्याग गरेको तथ्य कन्फर्म गरेको छ। २) अमेरिकी नागरिकता त्यागेको सक्कल निस्सा जिप्रका काठमाडौमा…
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका मुख्य बिचौलिया केशव दुलाल र गृहमन्त्रालयका पूर्व गृहसचिव टेकनारायण पाण्डेबीच रकम लेनदेनको बिषयमा एसएमएस(सर्ट मेसेज सर्भिस)मार्फत पनि बाक्लो कुराकानी हुने गरेको देखिएको छ । सरकारी वकिल कार्यालय काठमाडौंले तयार गरेको प्रतिवेदनमा उल्लेखित एमएमएस अनुसार बिचौलिया दुलाललाई सचिव पाण्डेले क्याम्पभित्र र बाहिर रहेका नेपालीलाई शरणार्थी बनाउन आश्वास्थ तुल्याउँदै गरेको देखिन्छ । यसका लागि यूनसिएचआरसँग बैठक बस्ने र त्यसपछि सबै काम हुने जानकारी एसएमएसमार्फत पाण्डेले दुलाललाई दिएका छन् । यस बापत पाण्डेले मन्त्रीको हवाला दिँदै दुलालसँग गिफ्ट(रकम) माग गरेका छन् । र, दुलालले पनि रकम लिएर आएको बताएका छन् । प्रहरीसँगको बयानमा समेत दुलालले पाण्डेलाई मन्त्रालयमा…
काठमाडौं । रुकुम पश्चिमको बाँफीकोट गाउँपालिका- ८ दुलीमा भएको जीप दुर्घटनामा परि पाँच जनाको मृत्यु भएको छ । बिहीबार बिहान करिव साँढे आठ बजेतिर भएको दुर्घटनाममा परि २२ दिने सुत्केरी र उनको शिशु समेत चार जनाको घटनास्थलमा र एक जनाको उपचारको लागि जिल्ला अस्पताल लैजाँदै गर्दा बाटोमै निधन भएको बाँफीकोट गाउँपालिका ८ का वडाध्यक्ष धनबहादुर खत्रीले जानकारी दिए । ‘बिहान भएको दुर्घटनामा घटनास्थलमै चार र उपचारको लागि जिल्ला अस्पताल लैजाँदै गर्दा बाटोमै एक जना गरि पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २२ दिनको सुत्केरी रेखा खत्री र उनको नवजात शिशु रहेका छन् । कणर् बाठा मगरको परिचय खुलेको…
काठमाडौं । आफ्नै प्रेमी प्रदीप कठायत र काका ससुरा पवन कठायतबाट बलात्कृत भएको भन्दै आन्दोलित भएकी बिनु यादवले अनसन तोडेकी छिन् । बुधवार यादवले १५ औं दिन गृहमन्त्री नारायणकाजी श्रेष्ठ अनसन स्थल माइतीघरमा पुगेर बिनुको अनसन तोडाएका हुन् । काठमाडौंको माईतीघरमा बैशाख २७ गतेदखि अनसन बसेकी यादवले सरकारसँग ५ बुँदे सहमति भएपछि उनले गृह मन्त्री श्रेष्ठको हातबाट जुस पिएर अनसन तोडेकी हुन्। सरकारले बलात्कारको मुद्दा महान्यायाधिवक्ताको कार्यालयमा पठाउने, अदालतमा विचाराधिन रहेका विषयका हकमा सम्मानित अदालतबाट न्यायिक निरुपण गर्ने, अन्य मागका सम्बन्धमा क्षेत्राधिकार रहेको सम्बन्धित निकायमा लेखी पठाउने तथा सत्याग्रही यादवको पछिल्लो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य उपचार गराउने लागयतका सहमति भएपछि…
काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहमा संलग्नलाई जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जिल्ला अदालतमा चार कसुरमा अभियोगपत्र दर्ता गराएको छ। २७ करोड ८१ लाख रूपैयाँ बिगो माग दाबी गर्दै ३० जनाविरुद्ध ठगी, संगठित अपराध, राज्यविरुद्धको अपराध, , सरकारी किर्तेको एकीकृत कसुरमा अभियोजन लगाएर मुद्दा दर्ता गरिएको हो। यो प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीका बाबुछोरा, पूर्वगृहमन्त्री बालकृष्ण खाण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईलगायत १६ जना पक्राउ परेका छन्। पक्राउ पुर्जी जारी भएका १४ जना फरार छन्। नक्कली भुटानी शरणार्थीको विषयमा प्रहरीको ६० दिने अनुसन्धान पूरा भएपछि सरकारी वकिलको कार्यालय…
काठमाडौं । नेपाल प्रहरीले सञ्चारमाध्यममा प्रहरीको चेन अफ कमाण्डमाथि आँच आउने गरी समाचार आएको भन्दै आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता कुबेर कडायतले विज्ञप्तिमा जारी गर्दै, शरणार्थी प्रकरणमा प्रहरी महानिरीक्षकलाई जोड्नु गलत भएको बताएका हुन् । विज्ञप्तिमा प्रहरी प्रधान कार्यालयले कुनै व्यक्तिले गरेको संवादकै आधारमा नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त कुँवरलाई विवादमा तान्नु निन्दनीय भएको दाबी गरिएको छ । ‘कुनै दुई व्यक्तिले गरेको संवादकै आधारमा शरणार्थी प्रकरणका आरोपितबाट प्रहरी प्रमुख स्वयंले नै आर्थिक फाइदा लिएको भन्ने अतिशयोक्ति तथ्य स्थापित गर्न खोजी प्रहरी महानिरीक्षकलाई विवादमा तानिनु अत्यन्त निन्दनीय छ,’ विज्ञप्तिमा भनिएको छ । विभिन्न…