Author: खबरमञ्च

झापा । नेपाल पत्रकार महासंघ झापामा सदस्यता शुद्धीकरण मापदण्ड विपरित तथा राजनीतिक पूर्वाग्रहका आधारमा कार्यदलले नाम सिफारिस गरेको भन्दै प्रेस चौतारी झापा विरोधमा उत्रिएको छ । सदस्यता शुद्धीकरणको बहानामा केन्द्रले पठाएको मापदण्डसमेत मिचेर आफूखुसी नाम सिफारिस गरेको भन्दै त्यस विरुद्ध आन्दोलनमा नै उत्रनु परेको प्रेस चौतारी झापाले जनाएको छ । प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य तथा झापा इन्चार्ज सन्तोष आचार्यले पत्रकार महासंघ झापा शाखाले शुद्धीकरणका नाममा पूर्वाग्रही कामविरुद्ध आफ्नो संगठन आन्दोलनमा उत्रिएको बताए । पत्रकार महासंघ झापाविरुद्ध प्रेस चौतारीका सदस्यहरूले बिहीबार हातमा कालोपट्टि बाँधेर महासंघकै कार्यालयमा धर्ना दिएका थिए । राजनीतिक आस्थाकै कारण महासंघको झापा नेतृत्वले प्रेस चौतारीलाई सडकमा उत्रिन…

Read More

विराटनगर ।  काेशी प्रदेश सरकारले अध्यादेश मार्फत ल्याएकाे आगामी आर्थिक वर्ष २०८०/०८१ काे लागि ३६ अर्ब २४ कराेड ३५ लाख १० हजारकाे बजेट सार्वजनिक गरेकाे छ । जसमा चालूतर्फ १४ अर्ब ३९ कराेड ६२ लाख ६६ हजार र पूजीगततर्फ १८ अर्ब २३ कराेड ५२ लाख र वित्तीय व्यवस्थातर्फ १ कराेड र स्थानीत तहमा वित्तीय हस्तान्तरण ३ अर्ब ६० कराेड २९ लाख ९२ हजार रहेकाे छ । स्रोत तर्फ राजस्व ४ अरेब ५७ कराेड ७८ लाख ५० हजार, राजस्व बाँडफाँडबाट ११ अर्ब ६४ कराेड ८१ लाख, वित्झसमानीकरण अनुदानबाट ८ अर्ब ७८ कराेड ३८ लाख, सशर्त अनुदान ५ अर्ब ८४ कराेड ३२…

Read More

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणअन्तर्गत जिल्ला अदालत काठमाडौंमा १० दिनदेखि चलिरहेको थुनछेक बहस निर्धारित समयमा नसकिएपछि इजलास आदेश दिन असफल भएको छ। प्रतिवादीतर्फका वकिलहरूको प्रतिरक्षा बहस लम्बिएकाले इजलासले बुधबार थुनछेक आदेश दिन नसकेको हो। यही जेठ २१ गते इजलास सुरु गर्दा न्यायाधीश प्रेमप्रसाद न्यौपानेले १० दिनपछि (जेठ ३१) गते सबै बहस सकेर थुनछेक आदेश दिने कार्यतालिका तय गरेका थिए। जसमा पहिला तीन दिन (जेठ २३ गतेसम्म) वादी पक्षका वकिललाई बहसका लागि निर्धारण गरिएको थियो। त्यसपछिका ६ दिन (जेठ ३० गतेसम्म) प्रतिवादीका वकिलका लागि प्रतिरक्षा बहसको समय तोकिएको थियो। बुधबार (जेठ ३१ गते) जिल्ला सरकारी वकिल कार्यालयबाट जबाफी बहस गराएर थुनछेक…

Read More

काठमाडौं । संसदीय सुनुवाइ समितिमा सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको सुनुवाइ बिहीबार हुँदैछ। सुनुवाइ समितिको सोमबार सिंहदरबारमा बसेको बैठकले प्रधानन्यायाधीशमा प्रस्तावित कार्कीको सुनुवाइ जेठ ३२ गते अर्थात् आजका दिन गर्ने कार्यतालिका तय गरेको थियो। सोही कार्यतालिका अनुसार आज सुनुवाइ हुने र आजनै सो प्रस्तावलाई अनुमोदन गर्ने तयारी हुन थालेको हो। बुधबार उजुरीकर्ताको छलफलपछि आज बिहान ८ बजे सुनुवाइ समितिले कार्कीलाई सुनुवाइका लागि बोलाएको छ। समितिले बुधबार ७ जना उजुरीकर्तासँग एकल रुपमा र बाँकीसँग सामूहिक रुपमा छलफल गरेको थियो। कार्कीविरुद्ध ३८ जना उजुरीकर्ताले २९ उजुरी दर्ता गराएका छन्।

Read More

काठमाडौँ । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीशमा सिफारिस हरिकृष्ण कार्कीलाई संसदीय सुनुवाइका लागि बिहीबार बोलाएको छ । बुधबार उजुरीकर्ताको छलफलपछि सुनुवाइ समितिले भोलि बिहान (बिहीबार) ८ बजेका लागि बोलाउने निर्णय गरेको हो । समितिले उजुरीकर्ताहरुसँग करिब २० मिनेटसम्म छलफल गरेको थियो । तर उजुरीको विषयमा छलफल हुन सकेन । त्यसपछि समितिले समय सकियो भन्दै उनीहरुलाई बाहिर पठाएको थियो । गत वैशख २५ गते सिंहदरबारमा बसेको संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशमा कार्कीको नाम सिफारिस गरेको थियो । संसदीय सुनुवाइ समिति गठन नहुँदा कार्कीको संसदीय सुनुवाइ प्रक्रिया अगाडि बढ्न सकिरहेको थिएन ।

Read More

विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेशसभामा पेश गरेको छ । प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेशसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कृषि क्षेत्रमा सानो लगानीबाट स्वरोजगार हुन चाहने युवाहरूलाई लक्षित कार्यक्रम रहने उल्लेख छ । नीति तथा कार्यक्रममा कृषि मार्फत रोजगारी सिर्जना गर्ने, प्रविधि र नागरिक मैत्री सेवा विस्तारमा जोड दिने, विगतदेखि सञ्चालित बहुवर्षीय आयोजनाहरु सम्पन्न गर्ने उल्लेख गरिएको छ। त्यस्तै विपद व्यवस्थापनका लागि अन्तर निकाय सम्बन्धलाई सुदृढ बनाउने, शिक्षालाई रोजगारमूलक एवं सूचना प्रविधिमैत्री बनाउने पनि नीति तथा कार्यक्रममा जनाइएको छ ।

Read More

काठमाडौं । सरकारले भ्याट लगाएको कारण देखाउँदै व्यापारी प्याज र केही तरकारीको भाउ दोब्बरले बढाएका छन् । सरकारले बजेटमार्फत तरकारी तथा फलफूलजन्य वस्तु आयातमा १३ प्रतिशत भन्सार महसुल (भ्याट) वृद्धि गरेसँगै विशेष गरेर प्याजको भाउ आकासिएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै यसअघि दिइएको छुट खारेज गरेर बजेटमार्फत १७० वस्तुमा १३ प्रतिशत भ्याट लगाउने घोषणा गरेसँगै प्याजको मूल्य वृद्धि भएको हो । आयातकर्ता व्यवसायीले आलु, प्याजमा नौ प्रतिशत कृषि सेवा शुल्क र अग्रिम आयकर पाँच प्रतिशत गरी १४ प्रतिशत कर भुक्तानी गर्दै आएको थियो तर अहिले थप १३ प्रतिशत कर बुझाउनुपर्ने भएपछि प्याजको मूल्यमा वृद्धि…

Read More

काठमाडौँ । नेपाल वायु सेवा निगमले चीनबाट ल्याएका पाँच वटा जहाजको बिक्री प्रक्रिया अघि बढाएको छ। तीन वर्षदेखि ती जहाज भूमिस्थ (ग्राउन्डेड) छन्। निगमका प्रवक्ता रमेश पौडेलले भने, “बिक्री प्रक्रिया सुरु भएका पाँच वटा चिनियाँ जहाजमध्ये एमआई–६० र वाई–१२–ई जहाज चीन सरकारले अनुदानमा दिएको थियो। बाँकी चार वटा जहाज जिटुजी–मोडेल (सरकारद्वारा सरकारसँग खरिद प्रणाली) अन्तर्गत चीनको एक्जिम बैङ्कको सहुलियतपूर्ण ऋणमा सरकार जमानी बसेर खरिद गरिएको थियो।”  पाइलट अभाव, मर्मतसम्भार र पार्टपुर्जा अभाव, बढी इन्धन खपत, नाफा दिन नसकेको लगायतका कारण निगमले यी जहाज बेच्ने प्रक्रियामा लगेको हो। ग्राउन्डेड गरिएका चिनियाँ जहाज बिक्री गर्न गत चैतको पहिलो सातामा अमेरिकाको एभियन एसेट…

Read More

काठमाडौं । काठमाडौं महानगरपालिकाले शैक्षिक सङ्गठनले विद्यालयमा लगाएको ताला फोरेर नियमित शैक्षिक क्रियाकलाप अगाडि बढाएको छ । महानगरपालिका प्रमुख बालेन शाहले अमुक दलको शैक्षिक सङ्गठनले पढ्ने ठाउँमा ताला लगाएर अपराध गरेको टिप्पणी गरेका छन् ।मंगलवार सामाजिक सञ्जाल फेसबुक मार्फत उनले सरकारी होस वा निजी, विद्यालयमा राजनीति गर्ने कुरा कल्पनासम्म गर्न नसक्ने भन्दै महानगर भित्रका विद्यालयमा लगाएको ताला फोरेर नियमित शैक्षिक क्रियाकलाप अगाडि बढाएको बताएका छन् । उनले लेखेका छन्,‘ पढ्ने ठाउँमा ताला लगाएर एक अमुक दलको शैक्षिक सङ्गठनले अपराध गरेको छ। चाहे सो विद्यालय सरकारी होस वा निजी, हामी विद्यालयमा राजनीति गर्ने कुरा कल्पनासम्म गर्न सक्दैनौ। त्यसैले हामीले महानगर भित्रका…

Read More

काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईविरुद्ध परेको मुद्दामा कारण देखाउ आदेश जारी गरेको छ । द्वन्द्वकालमा तत्कालीन विद्रोही पक्ष माओवादीका नेता एवं प्रधानमन्त्री दाहाल र नेता भट्टराईलाई विपक्षी बनाएर सशस्त्र युद्धका बालसेना तथा अयोग्य लडाकु लेनिन विष्टले सर्वोच्च अदालतमा दायर गरेको मुद्दामा न्यायाधीश सपना मल्ल प्रधानको एकल इजलासले विपक्षीको नाममाकारण देखाउ आदेश दिएको हो । रिटलाई अग्राधिकार दिने आदेश समेत दिएको छ । १० वर्षे सशस्त्र युद्धमा बालबालिका प्रयोग गरेको आरोपमा प्रधानमन्त्री दाहाल र पूर्वप्रधानमन्त्री भट्टराईविरुद्ध मुद्दा दायर भएको हो ।

Read More