Author: खबरमञ्च

काठमाडौँ । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१० औँ जन्म जयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरि मनाइँदै छ । सरल नेपाली भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली जनतालाई ठुलो गुन लगाएका थिए । उनले लेखेको रामायण अहिले पनि नेपालीको घर–घरमा लयसाथ पाठ गरिन्छ ।  पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण गरेको नेपाललाई आदिकवि भानुभक्तले भाषा, साहित्य र संस्कृतिमार्फत एकीकरण गरेका थिए । विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा जन्मिएका भानुभक्तलाई एक सामान्य घाँसीले ‘जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ’ भनी अर्ती उपदेश दिएकाले उनी रामायणलाई नेपालीमा रचना गर्न…

Read More

काठमाडौं । संघीय संसदको तल्लो सदन प्रतिनिधिसभाको बैठक आज बस्दैछ । संसद सचिवालयले बैठक आज दिउँसो १ बजे बस्न लागेको कार्यसूची सार्वजनिक गरेको हो ।  आजको बैठकमा विनियोजन विधेयक, २०८०का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देश जानकारी गराउने, केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८० लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्राप्त विरोधको सूचनाहरूलाई निर्णयार्थ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ । केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८० पेस गर्ने र राष्ट्रियसभामा उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक, २०८० माथि विचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

Read More

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले ६ महिनाभित्र पार्टीको सबै तहमा ३३ प्रतिशत महिलाको संख्यालाई सुनिश्चित गर्ने निणर्य गरेको बताएका छन् । राप्रपा केन्द्रीय समिति, कार्यसम्पादन समिति र बैठकले तयार पारेको विस्तृत कार्ययोजना २०८० सार्वजनिक गर्दै उनले राप्रपाले ६ महिनाभित्र तहमा ३३ प्रतिशत महिलाको संख्यालाई सुनिश्चित गर्ने निणर्य गरेको बताए । उनले भने, ‘राप्रपा केन्द्रीय समिति, कार्यसम्पादन समिति र बैठकले तयार पारेको विस्तृत कार्ययोजना २०८० अन्तरगत राप्रपाले ६ महिनाभित्र पार्टीको सबै तहमा ३३ प्रतिशत महिलाको संख्यालाई सुनिश्चित गर्ने भएको छ ।’ यस्तै उनले पार्टीमा युवाहरुको सहभागितामा कमि आएको भन्दै सबै तहमा ४० वर्षसम्मका युवाहरुको अनिवार्य सहभागिताको व्यवस्था मिलाउने…

Read More

काठमाडौं । सर्वोच्च अदालतले, ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका सचिव कृष्णबहादुर राउतलाई २४ घण्टाभित्र अदालत उपस्थित गराउन आदेश दिएको छ । विहीबार राउतको बन्दी प्रतक्षीकरण रिटमा प्रारम्भिक सुनुवाइपछि न्यायाधीश तीलप्रसाद श्रेष्ठको एकल इजलासले २४ घण्टाभित्र बन्दीलाई हाजिर गराउन आदेश दिएको हो । ललिता निवास जग्गा प्रकरणमा २४ असारमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले सचिव राउतलाई पक्राउ गरेपछि उनलाई गैरकानुनी थुनामा राखेको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट परेको थियो ।

Read More

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले, असारे र डोजरे विकास प्रवृति अन्त्यका लागि सरकार प्रतिवद्ध रहेको दाबी गरेका छन् । यसअघि राष्ट्रिय सभा बैठकमा विनियोजन विधेयक २०८० माथि मन्त्रालयगत रुपमा भएको छलफलका क्रममा विभिन्न सांसदहरुले राखेको चासोलाई सम्बोधन गर्दै मन्त्री ज्वालाले असारे र डोजरे विकासको प्रवृतिले सडक पूर्वाधारसंगै सयौं बिगाहा खेतीयोग्य जमिनमा क्षति पुगेको भन्दै त्यस्तो विकास प्रवृति अन्त्य गर्ने बताए ।उनले भने, ‘ बिना अध्ययन डोजर चालकको भरमा सडक निर्माण हुँदा अनेकौं प्राकृतिक विपत्ति हुदै गएको सत्य हो । कठिन भूबनोटबाट सडक निर्माण गर्नुपर्ने,चलायमान पहाडको पाखामा सडक निर्माण गर्नुपर्ने,सडक निर्माणको क्रममा निस्केका ढुंगामाटोको उचित व्यवस्थापन हुन…

Read More

काठमाडौं । सञ्चार तथा सुचना प्रविधीमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छिन् । बिहीबारको राष्ट्रिय सभाको बैठकमा मन्त्रालयगत छलफलपछि उठेका प्रश्नको जवाफ दिने क्रममा उनले कानून बनाएर नै सामाजिक सञ्जाल नियमन गर्ने बताइन् । ‘सामाजिक संञ्जालको विषयमा हामी आगामी आर्थिक वर्षमा कानूनको तर्जुमा गरी समाजिक सञ्जाललाई मर्यादित गर्न ठोस कदम चाल्ने छौं ।’ उनले भनिन्, ‘आमसञ्चार माध्यमलाई थप जिम्मेवार बनाउन प्रेस काउन्सिल नेपाल मार्फत पत्रकार आचारसंहिता कार्यन्वयनमा जोड दिइएको छ।’ उनले आवश्यक कानून तर्जुमा गर्ने कामलाई मन्त्रालयले प्राथमिकतामा राखेको जानकारीसमेत दिइन् ।

Read More

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका धर्मपत्नी तथा माओवादी केन्द्रका सल्लाहकार सीता दाहालको निधनमा बिहीबार शोक सभा आयोजना गरिएको छ । पार्टी कार्यालय पेरिसडाँडामा आयोजित शोक सभामा पूर्व मन्त्री एवं माओवादी सचिव पम्फा भुषाल, प्रवक्ता कृष्णबहादुर महरा, पूर्व अर्थमन्त्री जनार्दन शर्मालगायत पार्टीका अन्य सदस्य र पदाधिकारीहरुले दाहालप्रति श्रद्धाञ्जली अर्पण गरे । बिहीबारदेखि लगातार तीन दिन शोक सभाको आयोजना गरिने पार्टीले जनाएको छ ।

Read More

हुम्ला । हुम्लाको कालिका आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ११ बजेर १७ मिनेट जाँदा हुम्लाको कालिका आसपास केन्द्रबिन्दु भएर ४ दशमलव ६ रेक्टरस्केलको भूकम्प गएको हो । यसअघि गत असार २५ गते सिन्धुपाल्चोकको बाह्रविसे आसपास केन्द्रबिन्दु भएर ३ दशमवल ८ रेक्टरस्केलको भूकम्प गएको थियो । पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिमी हिमाली र पहाडी क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प जाने क्रम जारी छ । नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रको रुपमा लिने गरिन्छ ।

Read More

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका टेकनाथ रिजाललाई मनोवैज्ञानिक तनाव र असुरक्षा बढ्दै गएको भुटानका राजबन्दी रिहाका लागि अन्तर्राष्ट्रिय अभियानले जनाएको छ । अभियानका संयोजक राम कार्कीले प्रेस विज्ञप्ति जारी गर्दै हिरासतमा रहेका रिजाललाई बयान फेर्न टोपबहादुर रायमाझी, इन्द्रजित राईसहितले दवाव दिएको आरोप लगाएका छन् । त्यसले रिजालमा तनाव बढ्नुको साथै असुरक्षा उत्पत्न भएको दाबी गरिएको छ । रिजालले अदालती बयानमा नाम लिएका कुनैपनि बन्दीहरूबाट टाढा, चिसो नभएको छुट्टै कोठामा राख्न कार्कीले नेपाल सरकारसँग माग गरेका छन् । अपरिचित आगन्तुकलाई भेट्न अनुमति दिनु अघि रिजालसँग परामर्श लिन सुझाउँदै विज्ञप्तिमा भनिएको छ,‘रिजाललाई जेलमा उचित सुरक्षा उपायहरू प्रदान गरियोस् ।’…

Read More

काठमाडौं । पशु चौपायामा लाग्ने लम्पी स्किन रोग मुलुकभर नै फैलिएको छ । २०७७ साल साउन २२ गते मोरङको सुन्दर हरैंचा नगरपालिकामा पहिलो पटक लम्पी स्किन रोग पुष्टि भएको थियो । तर, अहिलेसम्म देशका ७६ जिल्लामा लाग्ने लम्पी स्किन रोग फैलिएको पशुसेवा विभागले जनाएको हो । लामखुट्टे, झिंगा, किर्नाको टोकाइबाट पशु चौपायामा लाग्ने यो रोगका कारण गाईभैसीका खुट्टा सुनिने, जीउभरी फोका आउने, कानमा गिर्खा देखिने जस्ता लक्षणहरू देखिने गरेका छन् । पशुसेवा विभागको एक तथ्याङ्कअनुसार असार २५ सम्म ७ लाख ६४ हजार बढी चौपायामा रोग देखापरेको छ । झण्डै पाँच लाख निको भएपनि २७ हजार मरेका छन् भने साढे दुई लाखमा…

Read More